| बुधबार, अशोज २३, २०८१

सम्झना र सृजनालाई लिएर बिरु मलेखुमा (भिडियो सहित ) 

 नेपालको एक प्रसिद्ध नाम हो मलेखु । मलेखु भन्ने बित्तिकै त्यहाको स्वादिलो माछाको नाम जोडिन्छ । मलेखु जस्तै चर्चित अर्को नाम हो बिरु लामा र सम्झना भण्डरी । गोरखा मनाकामनाको अत्यधिक सफलतापछि बिरु लामाले मलेखु सार्वजनिक गरेका हुन ।बिरु लामा को यो मात्र चलेको गीत भने होइन । बत्ति बाल्नु पर्दैन र पछिल्लो समय छिन छिन बज्ने चुरा जस्ता लोकपि्रय गीत कि गायिका सम्झना भण्डारी ले बिरु लामा को सहकार्यमा मलेखु बजार मा ल्याएकी हुन । भाग्यमानी गायिकाको रुपमा चिनिने भण्डारीको यस गीत लाई पृथ्वी इन्टरटेन्मेन्ट ले बजार ब्यबस्थापन गरेको छ ।

बिरु लामा र सम्झना भण्डारी को स्वर रहेको गीतको शब्द भरत बराकोटी ले लेखेका हुन । वसन्त थापाको को लय रहेको मलेखु गीत को म्यूजिक भिडियोको छायांकन प्रकाश भट्ट ले  गरेका छ्न ।  आकर्षक कद भएकी सृजना को अभिनय रहेको छ भने साथमा गायक गायिका द्वयको पनि अभिनय रहेको छ । जसरी मलेखु ठाउँ प्रसिद्ध छ त्यसरी नै गीत पनि चल्ने मा आशावादी छ्न् ।

प्रतिक्रिया दिनुहोस्