मौलिक गीत गैरी गाउको मेलामा सार्वजनिक भिडियो सहित
गीत संगीतले समाजको बास्तबिक घटनालाई चित्रण गरेको पाइन्छ त्यो मध्ये पनि लोक दोहोरी अझ बढि बास्तबिकता बोकेको हुन्छ । अहिले जस्तो बिज्ञान र प्रबिधिको बिकास भइनसकेको हाम्रो नेपाली समाजको एक समय माया पिरती र समाचारको सम्प्रेषण को माध्यम नै गाउघरमा लाग्ने मेला पर्वनै हुन्थ्यो।
यस्तै बिषयबस्तु समेटेर गायिका अमृता श्रीपालको गैरी गाउको मेलाू बजारमा आएको छ । पछिल्लो समय समाजले पचाउन सक्ने गीत खड्किरहेको बेला गायिका श्रीपालले पृथक मौलिकगीत बजारमा ल्याएकी हुन । म्याग्दी बाट कलाकारिता को लागि नै राजधानी छिरेकी अमृताको यो नै पहिलो एल्बम भने होइन । एक दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर भरिसकेकी गायिकालाइ यस गीतमा गोर्खाली गायक रन्जित परियार ले स्वरमा साथ दिएका छन ।
अर्का गोर्खाली गाएक तथा सर्जक सुमन परियारको शब्द रहेको गैरिगाउको मेलामा गायक रन्जित ले संगीत भरेका छन । हजारौं म्यूजिक भिडियोहरुमा निर्देशन गरिसकेका निर्देशक शंकर बि सिद्वारा निर्देशित यस म्यूजिक भिडियोमा निर्देशक स्वयंको साथमा अलिना देउजा , जि बि नेपाली र निशा पुरीको नृत्य देख्न सकिन्छ । भावना म्यूजिक सोलुसनको प्रस्तुतिमा बजारमा आएको यस गीत लाई माया पाउनेमा गायिका अमृता श्रीपाल बिश्वस्त छिन ।