| बुधबार, अशोज १०, २०८०

अब आफन्तले विदेशबाट पठाएका मोबाइल चलाउन नपाइने !

सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले अबैध रुपमा भित्रिएका मोबाइल फोनहरु तत्काल बन्द गर्ने बताएका छन् ।

नेपालमा रहेका कुल फोनमध्ये २० प्रतिशत राजस्व नतिरी सञ्चालनमा रहेको भन्दै उनले अब आईएमईआई नम्बर दर्ता गरेर मात्रै फोन चलाउने प्रावधान लागू गर्ने बताए । राज्यमन्त्री बास्कोटाले भने, ‘मोवाइल सेटहरुलाई राजश्वको दायरामा ल्याउने काम अगाडि बढिसकेको छ ।’

वार्षिक २५ अर्बको मोवाईल सेटको कारोबार हुने गरेको तथ्यांक छ । तर, झण्डै ५ अर्बका मोबाइल सेट राजश्व नतिरी आउने गरेको मानिएको छ । विदेशमा भएका आफन्तले पठाउने र लिएर आउने फोनको रेकर्ड पनि सरकारसँग छैन ।

‘अनाधिकृत रुपमा हुने प्रयोग रोकेर ५ अर्ब देशलाई फाइदा पुर्‍याउने हाम्रो लक्ष्य हो’ राज्यमन्त्री बोस्कोटाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्