| शुक्रबार, चैत्र ७, २०८१

अजिरकोटको खरिबोटमा प्रथम वलाङ महोत्सव सुरु 

दरौँदी ः अजिरकोट गाउँपालिका २ को खरिबोट, ओलाङमा प्रथम वलाङ सांस्कृतिक एवं फुटबल महोत्सव २०७४ सुरु भएको छ । महोत्सव जनज्योती यूवा क्लबको आयोजनामा भएको हो । महोत्सवको प्रदेश सभा सदस्य मनकुमारी गुरुङले बिहीबार उद्घाटन गरिन् ।

महोत्सवमा नेपाली कांग्रेसका नेता अब्दुल सतार, अजिरकोट ३ का वडा अध्यक्ष, तयाराज गुरुङ, वडा नम्बर २ का अध्यक्ष भीमलाल तामाङ, कांग्रेसकी नेतृ मिना अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । महोत्सवको उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा भएको हो । महोत्सव आगामी ३० गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्