| शुक्रबार, साउन १५, २०७८

editorial

गोरखामा अक्सिजन प्लान्ट छिटो संचालन गर

गोरखा सदरमुकाममा ५० शैयाको अस्पताल छ । गोरखा अस्पतालपछिको ठुलो अस्पताल आँपपिपल अस्पताल हो । अहिले कोभिड १९ को जोखिम अन्यत्र जस्तै गोरखा जिल्लामा बढेको छ । यी दुबै अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ ।
अस्पतालमा उपचार गराउन आएका बिरामी सबैको अक्सिजनको मात्रा कम छ । उनीहरुलाई अक्सिजन नियमित लगाएर उपचार गराउनुपरेको स्वास्थ्यकर्मीले बताएका छन् । तर बिरामीलाई लगाउनुपर्ने अक्सिजन अन्यत्रबाट खरिद गरेर ल्याउनु परेको छ । अधिकासं जिल्लामा ठुला अस्पतालले आफैँ अक्सिजन प्लान्ट राखेका छन् । तर गोरखामा एउटा पनि अक्सिजन प्लान्ट छैन ।
गोरखामा चाहिने अक्सिजन चितवन, पोखरा, काठमाण्डौँबाट भरेर ल्याउनुपर्छ । गोरखा र आँपपिपल अस्पतालमा अक्सिजन प्लान्ट अहिले सम्म जडान भईसक्नुपथ्र्यो । तर भएको छैन । कारण गोरखा अस्पताल भबन निर्माण हुँदै गरेकाले समस्या भएको अस्पतालले जनाएको छ । भबन बन्दै गर्छ तर अहिले अक्सिजन चाहिएकाले पहिलो प्राथमिकता अक्सिजन प्लान्टलाई दिनुपर्छ । निर्माण कम्पनी र अस्पतालको सहकार्यमा अक्सिजन प्लान्ट जडान गर्नुपर्छ । निर्माण गर्ने कम्पनीको ठेक्काको प्रकृती फरक होला तर यस्तो विषम परिस्थितीमा ठेक्का पुरा गर्न मात्र होईन मानविय समवेदनाको समेत ख्याल राख्नुपर्छ ।
आँपपिपल अस्पतालमा रोटरी क्लवको सहयोगमा निर्माण हुन लागेको अक्सिजन प्लान्ट कहिले बन्ने टुङ्गो छैन । अहिले सम्म तयार हुनुपर्ने प्लान्ट नबन्दा सास्ती भएको छ । फ्रान्सबाट स्तरीय मेसिन मगाइएकाले ढिला भएको सप्लायर्सको जवाफ छ । अहिले बिभिन्न कारण देखाउनु भन्दा पनि यी दुबै अस्पताल र प्लान्ट राख्ने कम्पनीले आम नागरिकको जिबन बचाउन तत्काल प्लान्ट सुरु गर्नुपर्ने देखिन्छ । सबै जिल्लामा अक्सिजन अभाव भयो भने अहिले हरेक दिन भर्ने गरेको ठाउँबाट गोरखाले पहिले जसरी नै अक्सिजन पाउँछ भन्ने ग्यारेन्टी छैन । त्यसले जिल्ला भित्रै अक्सिजन उत्पादनमा सरोकारवाला सबैले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्