| बिहिबार, अशोज ८, २०७७

गोरखाका १३४ जना कोरोनामुक्त भए

गोरखामा अहिलेसम्म एकसय ३४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त तथ्यांकअनुसार गोरखामा सोमबारसम्म एकसय ३४ जना कोरोना बिरामी निको भएर घर फर्किएका हुन् ।


गोरखा अस्पतालद्वारा सञ्चालित गोरखा क्याम्पस आइसोलेशन, मकैसिङ आइसोलेशन, आरुघाट आइसोलेशन र होम आइसोलेशनमा भएको उपचारपछि उनीहरु घर फर्किएको ल्याब टेक्निसियन निरीक्षक तथा महामारी फोकलपर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।


गत जेठ महिनादेखि हिजा (सोमबार) साँझसम्म गोरखाका दुईसय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य १५९ जना पुरुष रहेका छन् भने ५२ जना महिला रहेका अर्यालले बताए । अहिलेसम्म सबैभन्दा धेरै गोरखा नगरपालिकामा ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्य २९ जना निको भइसकेका छन् । त्यस्तै दोस्रो धेरै संक्रमित रहेको भीमसेन थापा गाउँपालिकामा ४५ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ पनि ४० जनाले कोरोना जितिसकेका छन् । पाँच जना उपचाररत छन् ।

तेस्रो धेरै संक्रमित रहेको पालुङ्टार नगरपालिकामा ३० जना संक्रमित छन् । १८ जना निको भएर घर फर्किसकेका छन् । धार्चे र चुमनुब्री गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमित देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्