| शनिबार, बैशाख ८, २०८१

खोर्लाबेशीको पहिरोले जलविद्युत आयोजनामा क्षति

अबिरल बर्षापछिको पहिरोले धार्चे ३ खोर्ला गाउँको लुङ्गेत खोला जलविद्युत आयोजना बगाएको छ ।

बिहिबार दिउसो गएको पहिरोले २६ किलोवाट क्षमताको जलविद्युत आयोजनाको तारसहितको १० वटा पोल बगाएको स्थानीय दिलबहादुर गुरुङले जानकारी दिए ।


आयोजना क्षतिग्रस्त हुँदा खोर्ला गाउँका एकसय ८० घरधुरी विद्युत उपभोगगबाट बञ्चित भएका छन् ।


साथै सोही पहिरोले पानी घण्टा बगाउँदा गहुँ, मकै, कोदो पिस्ने पानीघण्टा समेत बगाएको छ । गोरखा गाउँ र खोर्लाबेशी बीच गएको सो पहिरोले दुई गाउँ बीच सम्बन्ध समेत विच्छेद गराएको गुरुङले बताए ।


पहिरो कारण गाउँ जोखिममा रहेको उनले बताए ।

(फाइल तस्वीर)

प्रतिक्रिया दिनुहोस्