| शुक्रबार, कार्तिक १४, २०७७

सुनचाँदी ब्यवशायीको गण्डकी प्रदेश स्तरीय प्यानल घोषणा

असोज १२ गते हुने अधिबेशनका लागि नेपाल सुन चाँदी ब्यवशायी महासंघका गण्डकी प्रदेशको अधिवेशनका लागि प्यानल घोषणा गरिएको छ । पोखरामा बिहिवार आयोजित एक कार्यक्रमका बिच प्यानल घोषणा गरिएको सुनचाँदी ब्यवशायी संघ गोरखाका पूर्व सभापति एवं घोषित प्यानलका उपसभापति कृष्णबहादुर बिश्वकर्माले बताए ।


महासंघका केन्द्रिय सदस्य चन्द्रकिशोर गौतमको अध्यक्षतामा १३ सदस्यीय प्यानल घोषणा गरिएको हो । जसको उपसभापतिमा जिबन बराईली र कृष्ण बहादुर बिश्वकर्मा रहेका छन् । सचिव रबिन विश्वकर्मा, कोषाध्यक्ष नेत्र बिश्वकर्मा, सह सचिव पर्वबहादुर बिश्वकर्मा र सह कोषाध्यक्ष पूणर् बहादुर बिश्वकर्मा रहेका छन् ।


सदस्यहरुमा हरि गहतराज, मेघनाथ रामदाम,शान्ता बिश्वकर्मा, भिमलाल बिश्वकर्मा, ओमबहादुर बिश्वकर्मा, बिकास सदासंकर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्