| शुक्रबार, कार्तिक १४, २०७७

राप्रपाको भातृ संस्थाहरु समायोजनको तयारी


राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्त एकीकरण भएपछि भातृ संगठनको पनि समायोजन तयारी भएको छ । सो पार्टीको गोरखा जिल्ला समितिले आउँदो २१ गतेभित्र भातृसंगठन समायोजन गर्ने जनाएको छ ।


मंगलबार एक प्रेस विज्ञाप्ति जारी गर्दै पार्टीका अध्यक्ष शंकर अधिकारीले भातृ संगठन आउँदो २१ गते संयुक्त बैठक आव्हान गरेको जनाएका छन् ।


साथै सोही विज्ञप्तिमार्फत राप्रपाले कोभिड १९ को महामारीका बेला महामारी नियन्त्रण भन्दा पनि सरकार भ्रष्टाचारमा चुर्लुम्म भएकोप्रति आपत्ति जनाइएको छ ।


क्वारेण्टाइन, आइसोलेशन अव्यवस्थित भएको, संक्रमितलाई यथोचित व्यवहार नगर्ने, गुणस्तरहीन सेवा प्रबाह गरिएको लगायतका आरोप राप्रपा गोरखाले लगाएको छ । कोरोनाको रोकथामको बिकल्प बन्दाबन्दी नभएको जान्दाजान्दै पनि हचुवाका भरमा जनतालाई मार पर्ने गरी बन्दाबन्दी गरिएको भन्दै राप्रपाले बन्दाबन्दीलाई अब्यबहारिक, निरर्थक र गलत अस्त्र भनेको छ ।


साथै जिम्मेवार ढंगले कोरोना व्यवस्थापनमा लाग्न र भ्रष्टाचारी प्रवृत्ति अन्त्य गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्