| सोमवार, कार्तिक १०, २०७७

गाउँपालिका भबनलाई दुई करोड ५० लाख बिनियोजन गर्दै गण्डकीको गाउँसभा सकियो, ५७ करोड ४२ लाखको बजेट सार्वजनीक

गोरखाको गण्डकी गाउँपालिकाको छैठौँ गाउँ सभा बुधवार सकिएको छ । ५७ करोड ४२ लाख ९९ हजार आठ सय रुपैयाँको बजेट बिनियोजन गर्दै गाउँसभा सकिएको गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारीले बताईन् ।


गाउँपालिकाको प्रशासनिक भबन निर्माण गर्न दुई करोड ५० लाख बिनियोजन गरिएको छ । बाँकी रकमका लागि संघ, प्रदेश सरकार, जिल्ला समन्वय समितिलाई अनुरोध गरिने उपाध्यक्ष अधिकारीले बताईन् । यस अघि गाउँपालिकाको भबन कहाँ निर्माण गर्ने भन्र्ने बारे बिवाद भएको थियो । ओखलडाँडा आसपासमै प्रशासनिक भबन निर्माण हुने भएको हो ।


‘बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, उर्जा बिकास, खेलकुद, बन तथा बातावरण, बिपद् ब्यवस्थापन, पर्यटन लगायतलाई प्राथमिकता दिएका छौँ’ उपाध्यक्ष अधिकारीले भनिन् । संघिय सरकार बित्तिय समानिकरण अनुदान तर्फ १३ करोड ४१ लाख र संघिय सरकारको शसर्त अनुदान तर्फ २४ करोड २३ लाख प्रस्ताब गरिएको छ । समपुरक अनुदान तर्फ एक करोड ६७ लाख अनुमान गरिएको उपाध्यक्ष अधिकारीले बताईन ।


प्रदेश सरकार वित्तिय समानिकरण अनुदान तर्फ एक करोड २१ लाख ५६ हजार, प्रदेश सरकार शसर्त अनुदानमा ३० लाख, समपुरक अनुदान ५० लाख र प्रदेश सरकार विषेश अनुदान २० लाख गरी २ करोड २१ लाख ५६ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

संघिय सरकारबाट राजस्व बाँडफाँडको ७ करोड ३४ लाख, ४८ हजार, प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट ४४ लाख ९५ हजार गरी ७ करोड ७९ लाख ४३ हजार अनुमान गरिएको उपाध्यक्ष अधिकारीले जानकारी दिईन ।


गाउँपालिकाको आन्तरिक राजस्व १ करोड ६१ लाख, गत वर्षको ३ करोड ९८ लाख र गाउँपालिका अन्र्तगत जिम्मेवारी सरेका आयोजना २ करोड ५२ लाख अनुमान गरिएको छ ।
एक देखि आठ वटा वडाकालागि वडास्तरमा छनौट भएका योजनाका लागि ८ करोड ५७ लाख बिनियोजन गरिएको छ । बाँझो जमिनमा ब्यवशायीक खेती गर्नेलाई अनुदानको ब्यवस्था गर्ने, बाँदरका कारण किसानको कृषि उत्पादन ह्रास आएकाले बाँदर धपाउने यन्त्र खरिद गर्ने कार्यक्रम गण्डकी गाउँपालिकाको रहेको छ । काठेपोल बिस्थापन गर्न सहयोग पुग्ने गरी कार्यक्रम संचालन गर्ने, पर्यटन बिकास योजना बनाउने, बैकल्पिक उर्जाका कार्यक्रम संचालन गर्ने गरी बजेट बिनियोजन गरिएको छ ।


एक वडा एक खेलकुद मैदान, उन्नत बिउबिजन, किसानका लागि मलखाद बितरण गर्न २० लाख बजेट गाउँपालिकाले छुट्याएको छ ।


सिउरेनीटार बेनिगाउँ सडकका लागि ७० लाख, ज्ञानमार्ग माविको गुरुयोजना निर्माण, तोमनडाँडा छात्राबास तथा भान्साघर निर्माण, स्वास्थ्य केन्द्र भबन र आवस्यक उपकरण निर्माणका योजना चालु वर्ष संचालन हुने गाउँसभाले निणर्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्