| शनिबार, कार्तिक ८, २०७७

लायन्स र लियोद्वारा आँबुखैरेनीमा निशुल्क मास्क बितरण

दराैँदी समाचारदाताः लायन्स क्लव अफ आँबुखैरेनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीले तनहुँको आँबुखैरेनी बजार क्षेत्रमा निशुल्क मास्क बितरण सुरु गरेका छन् । घटस्थापनाको दिन शनिवारदेखि चारदिनसम्म आँबुखैरेनी चोकमा क्लवका सदस्यहरुले हेल्प डेक्स समेत राखेर निशुल्क मास्क बितरण गरेका हुन् ।


कोभिड १९ को प्रभावबाट सर्वसाधारण नागरिकलाई सचेत गराउँदै बजार क्षेत्रमा किनमेल गर्ने, सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुलाई मास्क, सेनिटाईजर बितरण गरिएको लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनालले बताए ।

चारदिनसम्म निशुल्क उक्त सेवा चलिरहनेछ । मास्क बितरणसँगै कोभिड १९ को प्रभावबाट बच्ने उपाए, ध्यान दिनुपर्ने तौर तरिका लगायतका बारेमा सन्देश पनि प्रशारण गरिएको अध्यक्ष खनालले जानकारी दिए । सामाजिक सेवा र उत्तरदायित्व बहन गर्दै लायन्स र लियो क्लव आँबुखैरेनीले बिभिन्न खालका सामाजिक काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्