| शनिबार, बैशाख ८, २०८१

भिमसेन पार्क प्रवेशमा अव शुल्क लाग्ने

गोरखा नगरपालिका वडा नं. ४ पिपलथोकमा रहेको भिमसेना थापा स्मारकमा प्रवेश गर्नका लागी माघ १ गतेदेखि लागु हुने गरि शुल्क लाग्ने भएको छ । वडा कार्यालयको पहलमा भिमसेन थापा स्मारक पार्क संरक्षण समिति गठन गरी आम्दानीको रुपले वडाले नै मान्छे राखेर प्रवेशमा शुल्क लगाउने उक्त समितिका अध्यक्ष राजु थापाले जानकारी दिए ।


विहान ८ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म खोल्ने समय तोकीएको छ । विद्यार्थीको लागी ५ रुपैँया र अरु सबैका लागी १० रुपैँया तोकिएको साथै उक्त रकम सोहि ठाउँको मर्मत तथा विकासका लागी खर्च गरिने पनि अध्यक्षले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्