| शनिबार, बैशाख ८, २०८१

नारायणी कप २०७७ को उपाधी अल स्टार आँबुखैरेनीलाई

नारायणी कप –२०७७ को उपाधी तनहुँको आँबुखैरेनीस्थित अल स्टार क्लवले जितेको छ । चितवनको नारायणी किनारमा भएको प्रतियोगितामा शुक्रवार भएको फाईनल खेलमा अल स्टारले २–१ गोल अन्तरले भरतपुर ९ लाई पराजित गरेको बिजयी क्लव अल स्टारका अध्यक्ष दिनेश केसीले बताए ।
बिजेता अल स्टारले नगद ४० हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र पाएको छ भने उप बिजेता भरतपुर ९ ले नगद २० हजारको साथमा ट्रफि र मेडल प्राप्त गरेको छ ।
अल स्टारका लागि राष्ट्रिय खेलाडी समेत रहेका बिमल राना र विश्व अधिकारीले १–१ गोलको योगदान गरे । उक्त खेलको म्यान अफ द म्याच अल स्टारका गोलकिपर शिव पिया घोषित भएको अल स्टारका टिम क्याम्पटेन सन्तबहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्