| बुधबार, फाल्गुन १९, २०७७

धादिङ

तनहुँको कमलबारीमा गुडिरहेको ट्रकमा आगो लाग्यो

पोखराबाट चितवनतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रकमा शनिबार अचानक आगलागी भएको छ।

पृथ्वी राजमार्गको व्यास नगरपालिका १२ तनहुँको कमलबारीमा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए। 

आगलागीका कारण ट्रक पूर्ण रुपमा क्षती भए पनि मानवीय क्षती नभएको प्रवक्ता तिमिल्सनाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्