| शुक्रबार, बैशाख ७, २०८१

सडक ट्रयाक खोलिदिन मन्त्रीलाई ज्ञापन पत्र

गाउँपालिका भित्रका कतिपय बस्ती अहिले पनि सडक संजालको पहुँचमा नरहेको भन्दै धार्चे गाउँपालिकाले सडक खोलिदिन भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतको ध्यानाकर्षण गराएको छ ।

आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकाको भिरकुना जोड्ने सडकको नयाँ ट्रयाक खोल्नुपर्ने, माछाखोलाको बिकास हाईड्रोदेखि लाप्राकको पुरानो गाउँसम्म सडक खोल्न बजेट बिनियोजन गरिदिन माग गरिएको वडा नम्बर ६ का अध्यक्ष धनकुमार घलेले बताए ।

सिङ्ला हुँदै थमन भिसी पार्कसम्म गोरेटो बाटो निर्माण गरिदिन पनि गाउँपालिकाले अनुरोध गरेको छ । बिभिन्न तीन बुँदे माग राख्दै गाउँपालिकाले माग पेश गरेपछि मन्त्री बस्नेतले भिसी पार्कसम्म सिँढी बाटो निर्माण गर्न १० लाख बिनियोजन गर्ने घोषणा गरेका छन् । अन्य योजनाका लागि पनि सक्दो सहयोग गर्ने बताएका वडा अध्यक्ष घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्