| शनिबार, बैशाख ८, २०८१

संभव नेपालद्वारा गोरखाका १८ हजार विद्यार्थीलाई स्वास्थ्य सामग्री सहयोग

संभव नेपाल नामक संस्थाले गोरखाको चारवटा गाउँपालिका भित्रका एक सय ३३ सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोभिड १९ को प्रभावका बिच विद्यालय संचालन हुने क्रम सुरु भएकाले शिक्षक र विद्यार्थीलाई सुरक्षित रहन मद्धत पुग्ने हेतुले मास्क, साबुन, थर्मल गन सहयोग गरिएको संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताए ।
उत्तरी गोरखाको चुमनुब्री, धार्चे, आरुघाट र भिमसेन थापा गाउँपालिकाका १८ हजार पाँच सय ५४ जना शिक्षक र विद्यार्थीलाई उक्त सामग्री सहयोग गरिएको हो । अन्य पालिकामा यस अघि नै बितरण गरेका उनले भिमसेन थापा गाउँपालिकामा बुधवार बितरण गरेका हुन् । एक सय ४० थान थर्मल गन, २२ हजार दुई सय ४० थान साबुन, ५६ हजार सात सय ६६ थान कटन मास्क उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए ।

चार वटा गाउँपालिकामा उक्त सामग्री बितरण गर्न २४ लाख रुपैयाँ खर्च भएको उनले बताए । ‘गाउँपालिका र विद्यालयको माग अनुसार विद्यार्थी संख्याको तथ्याङ्क लिएर हामीले सहयोग गरेका हौँ’ अध्यक्ष खत्रीले भने ‘एउटा विद्यार्थीलाई तीनवटा मास्क र छ महिना विद्यालयलाई पुग्ने साबुन उपलब्ध गराएका छौँ ।’
बुधवार एक कार्यक्रमका बिच गोरखाको भिमसेन थापा गाउँपालिका घ्याम्पेशालको दुल्लभ माध्यामिक विद्यालय, कनकामना आधारभुत र बिन्द्राबती माविलाई स्वास्थ्य र सरसफाईका सामग्री बितरण गरिएको हो । पालिका भित्र अन्य विद्यालयका लागि भने गाउँपालिकालाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्री हस्तान्तरण अभियानका सहयोगी उत्तम अधिकारीले बताए ।

भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, उपाध्यक्ष बिनु वाग्ले, संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्री बितरण गरेका हुन् । दुल्लभ माविमा सहायक प्रध्यानाध्यापक कमल प्रसाद भट्टलाई मास्क, थर्मल गन र साबुन बितरण गरिएको हो । यस अघि पनि पर्यटन ब्यवशायी प्रेम खत्रीले गोरखाका स्थानीय तहलाई थर्मल गन, मास्क लगायत स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्