| बुधबार, फाल्गुन १९, २०७७

सदरमुकाममा एकरातमै तीन वटा मोटरसाइकल चोरी

गोरखा सदरमुकाममा एकरातमै तीनवटा मोटरसाइकल चोरी भएको छ । आइतबार एकै रातमा बराहबाट दुईवटा र वीरेन्चोकबाट एक थान मोटरसाइकल चोरी भएको हो ।


बराहमा पार्किङ गरी राखेको बा ५९ प ०९२४ नम्बरको १५० सीसीको पल्सर र बा ८२ प ४४३८ नम्बरको २२० सीसीको रातो पल्सर मोटरसाइकल आइतबार राती चोरी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बा ५९ प ०९२४ नम्बरको मोटरसाइकल पूर्वाधार कार्यालयको नाममा रहेको छ भने बा ८२ प ४४३८ नम्बरको शहीद लखन ८ मैलुङका सुरेश पुलामीको नाममा दर्ता भएको मोटरसाइकल हो ।

चोरी भएको मध्ये एक बाइकको सिसिटिभिमा कैद


त्यस्तै सोही राती गोरखा नगरपालिका १० वीरेन्चोकबजारबाट लु ६० प २५९० नम्बरको २२० सीसीको मोटरसाइकल चोरी भएको छ । विशाल थापाले प्रयोग गर्ने गरेको सो मोटरसाइकल एशियन पेन्ट्सको नाममा दर्ता भएको बाइक हो ।


तीनवटै बाइकको खोजी कार्य भइ रहेको ट्राफिक प्रहरी हवल्दार टिका शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्