| बुधबार, फाल्गुन १९, २०७७

बारपाकमा घरभित्रै मृत भेटिएका तीन जनको शव पोष्टमार्टमका लागि जौवारी ल्याईयो

आज बिहान घर भित्र मृत भेटिएका बारपाकका तीन जनाको शव पोष्टमार्टमका लागि जौवारी ल्याइएको छ । प्रहरी निरीक्षक इश्वर लौडारी नेतृत्वको टोलीले घटनास्थलको मुचुल्का सकेर तीनवटै शव पोष्टमार्टका लागि जौवारी ल्याएको हो ।
बारपाक सुलिकोट गाउँपालिका १ बारपाक धामि तोराङमा एकै परिवारका तीन जनाको मृत्यू भएको थियो । ८४ वर्षिय टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षिया आईतकुमारी गुरुङ र नातीनि १३ वर्षिया उषा गुरुङ आज बिहान मृत भेटिएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।
घर भित्र बन्द कोठामा तीनै जना मृत भेटिएका हुन् । पोष्टमार्टम हुन बाँकी रहेकाले मृत्यूको कारण भने खुलेको छैन । घर भित्र साँघुरो कोठामा आगो बालेको चुल्हो रहेको र शवमा कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्