| बुधबार, फाल्गुन १९, २०७७

पाठेघर क्यान्सरको निःशुल्क परीक्षण तथा उपचार शिविर सुरु

महिलाको पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण तथा उपचार शिविर सुरु भएको छ । रोटरी क्लब तथा रोट्रयाक्ट क्लब अफ गोरखाले शहिद लखन गाउँपालिकाको समन्वयमा सोमबारदेखि पाँच दिने शिविर सुरु गरेको हो ।
शिविरको पहिलो दिन सोमबार बुङ्कोट स्वास्थ्य चौकीबाट परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको रोटरी क्लव अफ गोरखाका अध्यक्ष काशिनाथ अम्गाईँले जानकारी दिए ।


पहिलो दिन शिविरबाट एकसय २६ जना महिलाहरुले सेवा लिएका छन् । जसमध्ये सात जना भिआईए पोजेटिभ, पाठेघरको समस्या भएका ५१ जना, आँङ बाहिर खसेको दोश्रो डिग्रीमा तीनजना र तेस्रो डिग्रीमा दुईजना रहेको शहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए । साथै दुई जनामा शंकास्पद क्यान्सर देखिएकोले रिफर गरिएको पनि उनले जानकारी दिए ।
रोटरी क्लव अफ गोरखाका अध्यक्ष काशीनाथ अम्गाईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको रुपमा गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर र अध्यक्ष अम्गाईँले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । नेपाल अस्टे्रलियन सर्भिकल क्यान्सर फन्डेसनको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविर मङगलबार घैरुङ स्वास्थ्य चौकी घैरुङमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्