| शुक्रबार, बैशाख ३, २०७८

गोरखाका सिडिओ र सहायक सिडिओको सरुवा, नयाँ सिडिओ शालिग्राम पौडेल आउँदै

गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको सरुवा भएको छ ।

प्रजिअ भट्टराई महोत्तरीका प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन । गोरखामा भने गृह मन्त्रालयमा कार्यरत शालिग्राम पौडेल आउने भएका छन् ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको पर्वत सरुवा भएको छ । उनी प्रमुख जिल्ला अधिकारीको रुपमा पर्वत सरुवा भएकी हुन् । जिल्ला प्रशासन कार्यालय बझाङबाट कमलराज भण्डारी सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा गोरखा आउने भएका छन् ।

गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्