| शुक्रबार, बैशाख ३, २०७८

गोरखा होटल संघको अध्यक्षमा अन्जनबाबु खत्री

गोरखा होटल संघको अध्यक्षमा अन्जनबाबु खत्री चयन भएका छन् ।

गोरखा सदरमुकाममा आज भएको चौँथो अधिवेशन एवं पाचौँ साधारण सभाले खत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा केशब कुँवर, द्धितिय उपाध्यक्षमा खड्ग श्रेष्ठ (क) महासचिवमा निधी तिमल्सिना, सचिव सोम श्रेष्ठ र कोषाध्यक्षमा गोपाल गुरुङ चयन भएका छन् । संघले गौरी गुरुङ, रश्मी गुरुङ, सुरेशकुमार श्रेष्ठ, रबिन राना, सिलोन श्रेष्ठ, सुमन श्रेष्ठ, मिक गुरुङ, मिलन रानालाई सदस्यमा चयन गरेको छ । सर्वसम्मत कार्य समिति चयन भएको निर्वाचन अधिकृत यादब शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्