| शुक्रबार, चैत्र १६, २०८०

कृषि ज्ञानकेन्द्रसँग बेमौसमी खेती लगाउने तालिम माग्दै गोरखाका किसान

गोरखाका किसानहरुले बेमौसमी खेती तथा कृषि यान्त्रिकरण संचालन तथा मर्मत सम्बन्धी तालिमको माग गरेका छन् ।

शुक्रवार कृषि ज्ञान केन्द्र गोरखाको कार्यालयमा आयोजित ज्ञान केन्द्र स्तरीय तालिम आवश्यकता पहिचान गोष्ठीका सहभागी किसानहरुले उक्त माग राखेका हुन् ।
जिल्लाका कृषि प्राविधिक तथा कृषकहरुलाई लक्षित गरी कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र पोरखाको आयोजनामा गोष्ठी भएको हो ।

गोष्ठीमा सहभागी प्राविधिकहरुले हाइटेक ग्रीनहाउस निर्माण, बिरुवा प्रशारण तथा नर्सरी निर्माण सम्बन्धी तालिम उपलब्ध गराउन माग गरेका छन् ।
कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीको अध्यक्षता तथा कृषि बिकास निर्देशनालय पोखराका प्रमुख बासुदेव रेग्मीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र पोरखाका निमित्त प्रमुख बिष्णुप्रसाद घिमिरे, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना प्रमुख दुर्गा पण्डित, सुन्तला जात तथा फलफुल परियोजना कार्यान्वयन इकाइ प्रमुख कुल प्रसाद अधिकारी लगायतले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्