| शुक्रबार, बैशाख ३, २०७८

मानव सेवा आश्रमद्धारा आँबुखैरेनी क्षेत्रबाट दुईजना पुरुषको उद्धार

तनहुँको आँबुखैरेनी क्षेत्रबाट आईतवार दुई जना पुरुषको उद्धार गरिएको छ । कष्टकर जीवन बिताउँदै आएका ५८ वर्षीय सन्तोष शाही र ६८ वर्षका पदमबहादुर भण्डारीको मावन सेवा आश्रम पोखराले उद्धार गरेको हो ।
शाही दाङको तुल्सीपुर नगरपालिका वडा नं ११ का हुन् भने भण्डारी लम्जुङ घर भई हाल चितवनको शिवनगरमा अस्थायी बसोबास गर्दै आएका थिए । नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष दिपेन्द्र अधिकारीको पहलमा अपाङ्गता भएका एक व्यक्ति सहित दुई जना व्यक्तिको उद्धार गरिएको हो ।

मानव सेवा आश्रम पोखराका प्रतिनिधि शुष्मा पौडेल र राजन सापकोटाले उद्धार गरेर दुबैजनालाई पोखरा स्थित आश्रममा लगेका हुन् । उनीहरुलाई उद्धारका लागि एम्बुलेन्सको ब्यवस्था आँबुखैरेनी गाउँपालिकाले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्