| शनिबार, बैशाख ८, २०८१

मतदाता नामावली संकलन अझै सुचारु भएन

संसद बिघटनको निर्णय सर्वोच्च अदालतले खारेज गरेको नौ दिनसम्म जिल्ला स्तरमा रोकिएको मतदाता नमावली संकलन सुचारु भएको छ ।
सरकारले संसद बिघटन गरी निर्वाचनको मिति घोषणा गरेलगत्तै पुस ५ गतेदेखि मतदाता नामावली संकलनको काम देशभर रोकिएको थियो ।
सरकारले संसद बिघटन गरी बैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने, निर्णय गरेको थियो । सर्वोच्च अदालतले फागुन ११ गते संसद बिघटनको निर्णय खारेज गरेसँगैे संसद पुनस्थापना हुने भएको छ । चुनाको मिति घोषणासँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन, स्थानान्तरण रोकेर अद्यावधीको काम गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईरालाले बताए ।
‘घोषणा गरिएको मितिमा चुनाव नहुने भएपछि मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले पत्राचार गर्नुपर्ने हो’, उनले भने, ‘तर अहिलेसम्म हामीलाई कुनै परिपत्र आएको छैन ।’ आयोगले पुन मतदाता नामावली संकलन गर्न निर्देशन नगर्दासम्म जिल्ला निर्वाचन कार्यालयले गर्न नसक्ने उनले बताए ।
यस अघि चुनावी कार्यक्रममा केन्द्रित निर्वाचन कार्यालय अहिले नियमित वार्षिक कार्यक्रम केन्द्रित छ । विद्यालय स्तरमा निर्वाचन शिक्षा कार्यक्रम संचालन भईरहेको जिल्ला निर्वाचन अधिकारी कोईरालाले बताए । ‘विद्यालय स्तरमा निर्वाचन शिक्षा संचालन गरिरहेका छौँ’, उनले भने, ‘यो वर्ष दुर्गमका धार्चे र चुमनुब्री बाहेकका ९ वटा पालिकाको १२ वटा विद्यालयमा कार्यक्रम संचालन हुनेछ ।’ सो अभियानअन्तर्गत कक्षा ९ र १० का विद्यार्थीलाई निर्वाचनको महत्व, प्रक्रिया, उपादेयताका बारेमा जानकारी गराइने जिल्ला निर्वाचन अधिकारी कोइरालाले बताए ।
चुनावको बेला बदर मत कम होस् भन्ने ध्येयले आयोगले विद्यालय स्तरमा निर्वाचन शिक्षा कार्यक्रम संचालन गर्ने गरेको कार्यालयले जनाएको छ । अहिलेसम्म गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी, शहिदलखन, भिमसेन थापा, बारपाक सुलिकोट गाउँपालिकामा यो कार्यक्रम भईसकेको छ । बाँकी पालिकामा पनि छिट्टै संचालन गरिने निर्वाचन अधिकारी कोईरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्