| शुक्रबार, बैशाख ३, २०७८

गरिमा श्रेष्ठले जितिन् पब्लिक च्वाइस अवार्ड

‘बाल बलात्कार र सजायँ’ विषयक १ मिनेटको राष्ट्रव्यापी भिडियो वक्तृत्वकला प्रतियोगितामा गोरखाकी १४ वर्षीया गरिमा श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जितेकी छिन ।


पब्लिक च्वाइस अवार्ड तर्फ १२ भिडियो राखिएकोमा सेन्ट मेरिज स्कुल गोरखामा कक्षा ९ मा अध्ययनरत श्रेष्ठले सबैभन्दा धेरै चारहजार आठसय भोट प्राप्त गरेकी थिइन् ।


त्यस्तै बाराकी वर्ष १७ की समीक्षा न्यौपानेले सोही प्रतियोगिताको निणर्ायक अवार्ड जितेकी छिन् । सार्वजनिक सुचना मार्फत भिडियो आह्वान गरेकोमा प्राप्त भएको एकसय २२ वटा भिडियो मध्ये दुई वटा भिडियो पुरस्कृत भएको आयोजक फ्रेस इन्टरनेशनल नेपालले जनाएको छ ।


बिजेता दुवै जनालाई आगामी मार्च दोस्रो साता काठमाण्डौंमा एक समारोहका बीच जनही नगद २५ हजार रुपियाँसहित प्रमाण पत्र प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्