| शुक्रबार, बैशाख ३, २०७८

गोरखामा शिक्षक, यातायात मजदुर र ५५ वर्षमाथिकालाई फागुन २३ गतेबाट कोरोना खोप लगाईँदै

५५ बर्ष माथिका उमेर समूहका नागरिक, शिक्षक र सार्वजनिक यातायातका मजदुरलाइ लक्षित गरी यही फागुन २३ गतेबाट जिल्लामा कोरोना भाइरस बिरुद्धको दोस्रो चरणको खोप अभियान संचालन हुदै छ ।
अभियानका लागी सम्पूर्ण तयारी पुरा भएको स्वास्थ्य कार्यालयले गोरखाले जनाएको छ । जेष्ठ नागरिकलाइ पहिलो प्राथमिकतामा राखिएको कार्यालयका खोप कोल्डचेन निरिक्षक ऋषिराम खत्रीले बताए ।
दोस्रो चरणमा करिव ४५ हजारलाइ खोप लगाउने लक्ष्य रहेको उनले बताए । ५५ बर्ष माथिका ४० हजार छ सय पाँच, तीन हजार छ सय ५७ जना समुदायिक तथा निजी बिद्यालय शिक्षक र आठ सय ६८ जना यातायात मजदुरलाइ खोप लगाउने लक्ष्य रहेको छ । स्थानीय तहको प्रत्येक वडामा रहेको स्वास्थ्य चौकीमा गएर खोप लगाउन सकिने कार्यालयले जनाएको छ ।
आवश्यक खोप आइसकेको र वाडफाडको तयारी भइरहेको उनले बताए । तीन दिन सम्म अभियान संचालन हुने बताइएको छ । कार्यालयका अनुसार खोप अभियानका लागी करिव चार सय जना स्वास्थ्यकर्मी खटिनेछन् ।

प्रतिक्रिया दिनुहोस्