| शुक्रबार, बैशाख ३, २०७८

ब्याड्मिन्टनमा शिनियर तर्फ प्रधान र मरहट्टा, जुनियर तर्फ भट्ट र पुनको जोडी पहिलो

रोटरी क्लव अफ बज्र मनास्लुको आयोजनामा गोरखा सदरमुकाममा भएको मेन्स डबल ब्याड्मिन्टन प्रतियोगिता आज सकिएको छ । प्रतियोगितामा शिनियर तर्फ शिशुबाबु प्रधान र भोला प्रसाद मरहट्टाको जोडी पहिलो भए भने जुनियर तर्फ कपिल भट्ट र दिपेन्द्र पुन पहिलो भए ।

सिनियर तर्फ रमेश थापा र नारायण अछामी दोस्रो, टोपबहादुर अधिकारी र सुरेन्द्र गुरुङ तेस्रो भए । सिनियर तर्फ तर्फ १९ जोडी सहभागी थिए ।

जुनियर तर्फ प्रदिप कुँवर र गणेश शिलवाल दोस्रो, शिबकुमार श्रेष्ठ र रेशम आले मगर तेस्रो भए । जुनियर तर्फ १५ टिम सहभागी रहेको रोटरी क्लव अफ बज्र मनास्लुका अध्यक्ष बिष्णु राना मगरले बताए । बिजेताहरुलाई गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले मेडल, प्रमाण पत्र, कप सँगै क्रमस पाँच, तीन र दुई हजार नगद पुरस्कार बितरण गरेका थिए ।

क्लवका अध्यक्ष बिष्णु राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा इश्वरकाजी मास्के, प्रहरी निरीक्षक धर्मबहादुर अधिकारी, गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, प्रतियोगिताका संयोजक रोटरियन सुजन श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । उक्त प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्