
मनकामनाको केबुलकार सेवा फेरि ६ दिन बन्द हुने
शहिद लखन गाँउपालिकामा अवस्थित मनकामना मन्दिरामा रहेको केबुलकार सेवा फेरी ६ दिन बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ गतेदेखि ३० गते सम्म केबुलकार सेवा बन्द रहने जानकारी दिएको छ ।
नियमित मर्मत संभारका लागी भनेर गत चैत १२ गते बिहीबार पनि एक दिन केबुलबार सेवा बन्द गरिएको थियो ।
केबुलकार सेवा ३१ गतेदेखि पुन नियमित संचालनमा आउने प्रालिले जनाएको छ ।
