| शुक्रबार, बैशाख ३, २०७८

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा

ओलीविरुद्ध अविश्वास प्रस्ताब छिट्टैः भट्टराई

प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव छिटै पेश गर्ने जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।
गृह जिल्ला गोरखामा मंगलबार पत्रकारहरुसँगको भेटमा उनले प्रधानमन्त्रीलाई हटाउने प्रक्रिया छिटै अघि बढ्ने बताएका हुन् ।


‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनाममा दिँदैनन् । नैतिकता भएको मान्छेले मात्र राजीनाममा दिन्छ । उनबाट त्यो अपेक्षा गर्नु मुर्खता हो,’ उनले भने, ‘त्यसैले उनलाई हटाउने तरिका भनेको अविश्वास प्रस्तावमार्पmत नै हो । अव छिटै अविश्वास प्रस्ताव अघि बढाउछौँ ।’ काङ्ग्रेसले पनि प्रधानमन्त्री ओलीको राजिनाममा माग गरिसकेकाले अविश्वास प्रस्ताव लैजाने ढोका खुलेको उनले बताए ।


‘काँग्रेस, जसपा, माओवादी यी तीनवटा शक्ति र एमालेभित्र जो केपी ओलीसँग सहमत छै्रन, उहाँहरु पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्छु भनेर तत्परता देखाएको अवस्थामा हामी छिटै अविश्वास प्रस्ताव ल्याएर ओलीलाई हटाउछौँ,’ उनले भने ।


संविधानमा भएअनुसार अविश्वास प्रस्ताव लैजाँदा प्रधानमन्त्रीको वैकल्पिक उम्मेद्वारी दिनुपर्ने तर माओवादीले सरकारबाट समर्थन फिर्ता नलिइसकेको हुनाले प्राविधिक रुपमा गृहकार्य गर्न केही कठिनाइ भएको समेत उनले बताए । ‘प्रधानमन्त्री जो पनि हुन सक्छ । अहिले कुनै पार्टीको बहुमत छैन । धेरै ठुलो अन्तर पनि छैन ।

तीनै पक्षको दाबी रहन सक्छ तर यही कारणले ओलीको लोकतन्त्र विरोधी अभियानलाई बल पुग्ने कामचाहिँ हुने दिँदैनौँ,’ उनले भने । ओली सरकारको आयू जति लम्बिँदै जान्छ, मुलुकलाई उति धेरै क्षति हुदै जाने भट्टराईले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्