| शुक्रबार, बैशाख ३, २०७८

गोरखा उद्योग वाणिज्य संघ क वर्गमा स्तरउन्नति

गोरखा उद्योग वाणिज्य संघ क वर्गको जिल्ला उद्योग वाणिज्य संघ हुन सफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको बिशेष बैठकबाट यस संघलाई क वर्गमा स्तरउन्नती गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको मापनमा गोरखा उद्योग वाणिज्य संघ पुग्न सफल भएको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले जानकारी दिए । आफ्नै भवन, दुईहजार जना भन्दा धेरै सदस्य, पाँचसय जना भन्दा धेरैजना अट्ने सभाकक्ष साथै तालिम कक्ष, प्रविधियुक्त सचिवालय, संघवाट प्रदान गरिने सेवा, प्रकाशन, सरकारी तथा गैरसरकारी निकायहरुसंगको समन्वय र सहकार्य, सामाजिक कार्य, कर्मचारी संख्या आदि सूचकको आधारमा स्तरोन्नति गरिएको श्रेष्ठले बताए ।

संघले डिएफ आईडी अन्तरगतको पुर्णिमा कार्यक्रमसंग सहकार्य गरी व्यबशाय प्रवद्र्धनात्मक कार्यहरु गर्दे आईरहेको छ । संघमा दुईहजार दुईसय २५ जना सदस्यता आबद्घ रहेका छन् । नियमित रुपमा बिभिन्न सिपमुलक तालिम संचालन भईरहेको छ । तीनजना अधिकृत स्तरका कर्मचारी सहित ७ जना कर्मचारी संघमा रहेका छन् । एम्वुलेन्स सेवा, शववाहन सेवा नियमित रुपमा संचालन भैरहेको छ ।

व्यबशायीहरु लाई आवश्यकता को आधारमा तालिम, गोष्ठीहरु पनि संचालन भैरहेको संघले जनाएको छ । जिल्लामा जिल्ला संघ लगायत अन्य आठ वटा इकाईहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्