| शुक्रबार, बैशाख ३, २०७८

स्वर्गीय पिताको स्मृतिमा भट्टद्वारा गुरुकूलमा सहयोग

हालै स्वर्गारोहण भएका आफ्ना पिता देवीप्रसाद भट्टको १६ औँ दिन पारेर भीमसेन गाउँपालिका ५ बगुवाका भट्ट परिबारले गोरक्षनाथ वैदिक गुरुकूलका बटुकहरुलाई खाद्यान्न सामग्री तथा नगद सहयोग प्रदान गरेका छन् ।

गत चैतको १० गते निधन भएका पिताको स्मृतिमा बासुदेव भट्ट, शिवप्रसाद भट्ट, रामजी प्रसाद भट्ट तथा नारायणप्रसाद भट्टले बुधबार पाँचहजार ६५ रुपैयाँ र खाद्यान्न सामग्री प्रदान गरेका हुन् ।
सो सहयोग सामग्री प्रदान गर्दै भट्ट परिबारले गुरुकूलको प्रगतिको कामना गरेका थिए भने गुरुकूलका गुरु तथा बटुकहरुले दिवंगत आत्माको चीर शान्तिको कामनास्वरुप प्रार्थना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्