| आइतवार, बैशाख २६, २०७८

गोरखाको एक विद्यालयबाट विद्यार्थीलाई यौन दुब्र्यवाहार गर्ने शिक्षक पक्राउ

विद्यार्थीलाई पढाउने क्रममा यौन दुब्र्यवाहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ७ तल्लो गोहोरे स्थित जनकल्याण माविमा पढाउने शिक्षक जलेन्द्र चौधरीलाई बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले मंगलवार मुद्धा दर्ता गरेको हो ।


शिक्षक चौधरीले बिभिन्न समयमा १३ वर्षका एक र १४ वर्ष उमेका तीन जना बालिकालाई यौन दुब्र्यवाहार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए । शिक्षकले शंवेदनशिल अंग छुने, सुम्सुम्याउने र अस्वभाविक यौनजन्य क्रियाकलाप गरेकाले प्रहरीले ‘बाल यौन दुरुपयोग’ कसुरमा मुद्धा दर्ता गरेर कारवाही अघि बढाएको उनले बताए ।

‘घटनाबारे कसैलाई नभन्न धम्कि दिएको, त्रासमा राखेको पनि देखिन्छ’ डिएसपी दाहालले भने । पिडित बालिकाले पनि शिक्षकले पटक–पटक यौनजन्य हिंसा गरेको बताएका छन् । रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्ने शिक्षक चौधरीले उक्त विद्यालयमा गणित र बिज्ञान बिषय पढाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्