| आइतवार, बैशाख २६, २०७८

धार्चेको माछाखोलामा सुभकामना आदान प्रदान कार्यक्रम

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ माछाखोलामा नयाँ वर्ष २०७८ सालको अवसरमा सुभकामना अदान प्रदान कार्यक्रम भएको छ । नेपाली कांग्रेस माछाखोला टोल समितिको आयोजनामा मंगलवार उक्त कार्यक्रम भएको हो ।

सोही अवसरमा टोल सभापति बिरबहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यिय कार्य समिति पनि गठन भएको छ । कार्यक्रममा प्रमुख अथिती नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले कोरोना भाईरसको लहर फेरी देखिएकाले सचेत रहन सर्व साधारणलाई अनुरोध गरे । साथै उनले स्वास्थ्य सचेतना अपनाउन पनि सुझाब दिए । राजनीतिक प्रसंग जोड्दै सचिव न्यौपानेले कम्यूनिष्ट सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाए । ‘कम्यूनिष्ट सरकारले राम्रो काम गर्न सकेन, सत्ता केन्द्रित र भष्ट्राचारमा लिप्त भयो’ उनले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य फुलमाया गुरुङ, गगन अधिकारी, नेविसंघ सदस्य रोजग गुरुङ, प्रेरणा गुरुङ, सुकबहादुर गुरुङ लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्