| आइतवार, बैशाख २६, २०७८

प्रथम मसेल कप फुटबल प्रतियोगिता सुरु

प्रथम भीमसेन थापा मसेल कप फुटबल तथा नृत्य प्रतियोगिता सुरु भएको छ । बैशाख ५ गते सम्म चल्ने प्रतियोगितामा २४ टिम सहभागी भएका छन् । प्रतियोगिताका एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ ।

जलकन्या युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा पहिलो हुनेले शिल्ड मेडल र प्रमाणपत्र सहित ६१ हजार ५००, दोश्रो हुनेले ३५ हजार ५ सय, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आज भएको लोक नृृत्य प्रतियोगितामा पहेर मनकामना युवा क्वल पहिलो भएको छ ।

९ टीमको सहभागिता रहेको प्रतियोगितामा बृन्द्धावती माध्यामिक विद्यालय र दुल्लब माध्याविक विद्यालयको समूह तेश्रो भएको छ । बिजेताले क्रमश पहिलो हुनेले ३ हजार, दोश्रो हुनेले २ हजार, तेश्रो हुनेले १५ सय साथमा प्रमाणपत्र पुरस्कार पाउनेछन् । कार्यक्रम आयोजक समितिका सचिव सितल गुबाजुले जानकारी दिए ।

जलकन्या युथ क्वलका अध्यक्ष सुबोद भुजेलको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष पाण्डे, उपाध्यक्ष विनु वाग्ले, वडा नम्बर ३ का अध्यक्ष लिलानाथ लामिछाने, वडा २ का अध्यक्ष नारायण भट्टराई, वडा नम्बर १ का बद्रिनारायण श्रेष्ठ, नेपाली काँग्रेस वडा सभापती गुप्तबहादुर बाँनियाँ, माओवादी केन्द्रका गाउँकमिटि अध्यक्ष बालकृष्ण सुनार, राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश प्रमुख किरण बराम, नेपाल रेडक्रश सोसाइटी गोरखा शाखाका उपमन्त्री भीमसेनकाजी बानियाँ, दुल्लव क्याम्पस प्रमुख कमलप्रसाद भट्ट, बृद्रावती माविका प्रधानाध्यापक उत्तरनारण श्रेष्ठ, आयोजक समितिका शिवकुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्