| आइतवार, बैशाख २६, २०७८

गोरखामा कोरोनाको दोस्रो लहर, शुक्रबार ३ जनामा कोरोना पोजेटिभ

केही महिना यता संक्रमण शुन्य रहेको यहाँ शुक्रबार ३ जना कोरोना पोजेटिभ भएका छन् । जिल्लामा कोरोनाका दोश्रो लहर देखा परेको छ ।

स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोरखा नगरपालिका ११ का सेन्ट जोसेफ विद्यालयमा कार्यरत एक कर्मचारी र उनको परिवारका २ सदस्यलाई कोरोना संक्रमण भएको हो ।

चैत २७ गते एक्कासी बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल आएका उनलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको थियो । काठमाण्डौमा गरिएको स्वाव परीक्षणमा ती कर्मचारी कोरोना पोजेटिभ भएका हुन ।

उनको उपचारमा सहयोग गरेका अन्य दुई जना पनि स्वाब परीक्षण पछि संक्रमित भएका छन् ।

उनीहरुको सम्र्पकमा आएका हुनसक्ने ११ जनाको कन्ट्रयाक्ट टे«सिङ गरिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ईश्वर रेग्मीले बताए । ‘उहाँहरुको कन्ट्रयाक्ट टे«सिङ गरि स्वाब परीक्षणका लागि पठाएका छौं,’ उनले भने, ‘तर अहिलेसम्म रिर्पोट भने आइसकेको छैन ।’

जिल्लामा कोरोना संक्रमित भेटिएसँगै पुनः संक्रमण फैलने त्रास बढेको छ । छिमेकी मुलुक भारत र देशका विभिन्न ठाउँबाट जिल्ला आएकाहरु परीक्षण बिनै समाजमा घुलमिल हुने भएकाले संक्रमण तिब्र रुपले फैलन सक्ने विज्ञहरु बताउँछन् ।

सरकारले आवश्यक स्वास्थ्य र साबधानी अपनाउने आग्रह गरेपनि जिल्लामा भने कडाई गरिएको छैन । क्वारेन्टिन र आइसोलेशनको पालना नहुँदा समस्या बढ्ने देखिएको छ

प्रतिक्रिया दिनुहोस्