| आइतवार, बैशाख २६, २०७८

गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा सुरेन लामिछाने निर्वाचित

गोरखामा ट्याक्सी, इको भ्यान लगायतका सवारी साधान सञ्चालन गरिरहेको गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा सुरेन लामिछाने निर्वाचित भएका छन् ।

शनिबार गोरखा सदरमुकाममा प्रालिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामिछाने अध्यक्षमा चयन भएका हुन ।

अधिवेशनमा अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्षका लागि भने निर्वाचन भएको थियो । उनले हालका अध्यक्ष समेत रहेका जिवन खड्कालाई २० भोटको अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

७१ जना सदस्य रहेको प्रालिमा ४५ मत लामिछाने र २५ मत खड्को पक्षमा खसेको थियो भने १ मत बदर भएको थियो । प्रालिको आगामी २ बर्षे कार्यकालका लागि लामिछानेको अध्यक्षतामा ७ सदस्यिय कार्यसमिति चयन भएको छ ।

जसको उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा सुमन कार्की, कोषाध्यक्षमा देवेन्द्र जंग कुवँर सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजु श्रेष्ठ, शंकर नेपाली र नुर प्रसाद भट्ट चयन भएका छन् ।

अध्यक्ष जिवन खड्काको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनरनज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्