| शुक्रबार, साउन १५, २०७८

खेलकुद समितिमा बस्नेत, अस्पताल समितिमा दवाडी

गण्डकी प्रदेश सरकारले गोरखा अस्पताल विकास समितिको अध्यक्षमा वुद्धि दवाडीलाई र गोरखा जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा शान्तसिङ बस्नेतलाई चयन गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार बस्नेत र दवाडी चयन भएका हुन् ।

खेलकुद विकास समितिको सचिवमा हिरालाल गुरुङ र कोषाध्यक्ष अमृता गुरुङ चयन भएका छन् । समितिको सदस्यहरु मा दीपक गुरुङ, रुक्मिणी गुरुङ, शर्मिला तामाङ, अञ्जना खनाल, गणेशकुमार श्रेष्ठ, प्रतिक्षा विश्वकर्मा, उज्वल लामिछाने रहेका छन् । नियुक्त पदा धिकारीलाई सोमवार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले पदवहाली गराएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमममा जिल्ला खेलकुद बिकास समितिका पूर्व अध्यक्ष बसन्त गुरुङ लगायतले मन्तब्य राखेका थिए । अस्पताल विकास समितिका अध्यक्ष दवाडीले भने अन्य सदस्य चयन गर्न बाँकी रहेको जनाएका छन् । मौखिक रुपमा जानकारी आएको, औपचारिक रुपमा पत्र प्राप्त गर्न बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्