| शनिबार, बैशाख ८, २०८१

गोरखामा रोकिराखेको जीप गुडेर बूढीगण्डकीमा खस्यो एक बालक घाइते

गोरखामा यात्रुवाहक जीप दुर्घटना भएको छ ।

आरुघाट गाउँपालिका ३ को सोती स्थित अर्मला भन्ने स्थानमा बिहान करिब पौने ८ बजे जीप दुर्घटना भएको स्थानीय सुशिल नेपालीले जानकारी दिए ।

दुर्घटनामा परी एक बालक गम्भिर घाइते रहेको नेपालीको भनाई छ । दुर्घटनामा परेको ग १ ज ७२६४ नम्बरको जीपमा कम्तीमा १० जना यात्रु सवार रहेको बताइएको छ ।

जीप सडकबाट करिब २ सय मिटर तल बुढीगण्डकी नदीमा पुगेको बताइएको छ ।

हाल आरुघाट प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल तर्फ जादै गरेको चौकीका सई नवराज विकले बताए । दुर्घटनाको थप विवरण आउन बाँकी

प्रतिक्रिया दिनुहोस्