| सोमवार, जेष्ठ ३१, २०७८

वडा सदस्यको निधनपछि बारपाक सुलिकोट गाउँपालिका बन्द

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम नेपालीको मृत्यू भएको छ । अस्वस्थ भएपछि भरतपुरमा उपचार गराउन गएका उनलाई त्यहाँबाट काडमाण्डौँ रिफर गरिएको थियो । काठमाण्डौँ लैजाँदै गर्दा बाटोमा निधन भएको परिवारले बताएका छन् । निधनपछि गाउँपालिकाले शोक बक्तब्य जारी गर्दै आज गाउँपालिकाको सबै सेवा बन्द भएको जनाएको छ ।

वडा नम्बर ४ को कार्यालयबाट हुने सेवा पनि आज बन्द छ । वडा सदस्य नेपालीको निधनले गाउँपालिकालाई शोकाकुल बनाएको गाउँपालिका अध्यक्ष बिष्णु भट्टद्धारा जारी शोक बक्तब्यमा उल्लेख छ । आजदेखि मंगलवार सम्म राष्ट्रिय झण्डा तीन दिन आधा झुकाउने निणर्य पनि पनि गाउँपालिकाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्