| शनिबार, बैशाख ८, २०८१

मन्त्री बस्नेतको सहयोगमा क्यामुन्टारमा खाद्यान्न बितरण

गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतको सहयोगमा गोरखाको भिमसेन थापा गाउँपालिका ७ क्यामुन्टारमा खाद्यान्न बितरण गरिएको छ । उक्त गाउँमा कोरोनाको संक्रमण फैलिएसँगै खाद्यान्न अभाव भएपछि नेकपा एमाले गाउँपार्टीको अनुरोध र जिल्ला पार्टीको सहयोगमा सामग्री बितरण गरिएको सुजन सिम्खडाले बताए ।

कोभिडबाट संक्रमित भएका परिवारलाई ४० बोरा चामल, एक सय किलो दाल, तेल ४० प्याक, नुन ५० प्याक बितरण गरिएको हो । एमाले नेता बाबुराम थापा, सम्झना देबकोटा, सुरेन्द्र थापा, कृष्ण नेपाली, सादुराम थापा, सुजन सिम्खडा लगाएतको उपस्थितीमा राहत बितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्