| शुक्रबार, साउन १५, २०७८

तनहुँको ब्यास नगरपालिकाले वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति बनाउँदै

तनहुँको व्यास नगरपालिका–व्यास ऋषिको तपोभूमि शिव पाञ्चायन मन्दिर परिसर क्षेत्रमा महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणको लागि आइतबार दुईपक्षीय सम्झौता भएको छ।

व्यास नगरपालिकाका तर्फबाट नगर प्रमुख बैकुण्ठ न्यौपाने, कार्यकारी अधिकृत डिल्लीराम सिग्देल र गौरी पार्वती देव एण्ड शयर तथा ऋषि शक्ति जेभी काठमाडौँबीच सम्झौता भएको हो।

बोलपत्रपश्चात रु पाँच करोड ५० लाख ५५ हजार ६४० (मूल्यअभिवृद्धि करसहित) मा दुई तलाको मूर्ति निर्माणको लागि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिए।

एक वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको हो। व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा लैजानको लागि व्यास नगरपालिका कार्यालय लागिपरेको छ।

‘काठमाडौँबाट मुक्तिनाथसम्म जाने पर्यटकहरु दमौली झरेर एक रात बस्ने गरी गन्तव्यस्थलको रुपमा विकास गर्न लागिएको हो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्