| शुक्रबार, साउन १५, २०७८

रोटरी तथा रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुको पदस्थापन


गोरखास्थित रोटरी क्लव अफ बज्र मनास्लु तथा रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुको बर्ष २०२१÷०२२ को नेतृत्वले शनिबार संयुक्त रुपमा पदस्थापन गरेका छन् ।


दुवै क्लवका बर्ष २०२०÷०२१ का अध्यक्ष तथा अन्य पदाधिकारीले नयाँ नेतृत्व टिमलाई पद हस्तान्तरण गरेका हुन् । होटल प्यालेसमा आयोजित समारोहमा पदहस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा क्लवका बर्ष २०२०÷०२१ का अध्यक्ष विष्णु रानाबाट बर्ष २०२१÷०२२ का अध्यक्ष कृष्णमान श्रेष्ठलाई पद हस्तान्तरण गरिएको थियो । त्यस्तै नयाँ अवधिका लागि चुनिएका प्रेसिडेण्ट इलेक्ट रामकुमार श्रेष्ठ, प्रेसिडेण्ट नोमिनी शिशुबाबु प्रधान, भाइस प्रेसिडेण्ट अमृत बोगटीले पनि पदभार ग्रहण गरेका छन् ।


त्यस्तै सेक्रेटरी सुमेन्द्र श्रेष्ठ, ट्रेजरर्र रामशरण कोइराला, एक्जुकेटिभ सेक्रेटरी सुदीप कोइराला, जोइण्ट सेक्रेटरी सुवासबाबु श्रेष्ठ, चेयर क्लव एडमिन निधि तिमिल्सिनाले पनि पदभार ग्रहण गरेका छन् । सोही कार्यक्रममा सर्भिस प्रोजेक्ट चेयर भोलाप्रसाद मरहट्टा, चेयर टिआरएफ किरणबाबु श्रेष्ठ, चेयर पब्लिक इमेज विनोदबाबु अर्याल र चेयर मेम्बरसिप ग्रोथ गणेश श्रेष्ठले पनि पदभार ग्रहण गरेका थिए ।


त्यस्तै कार्यक्रममा रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुका बर्ष २०२०÷०२१ का अध्यक्ष चिजकुमार श्रेष्ठबाट बर्ष २०२१÷०२२ का अध्यक्ष सुरेन्द्र श्रेष्ठलाई पद हस्तान्तरण गरिएको थियो । त्यस्तै नयाँ अवधिका लागि चुनिएका भाइस प्रेसिडेण्ट सन्दीप बयलकोटी, सेक्रेटरी प्रकाश श्रेष्ठ, ट्रेजरर्र आस्था श्रेष्ठले पनि पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्