| शुक्रबार, साउन १५, २०७८

गोरखामा लडेर एक युवकको मृत्यु

गोरखामा एक जना युवकको शव फेला परेको छ ।

सप्तरी जिल्ला सिसवा बेलही खडग नगरपालिका २ का २२ वर्षीय करन कुवँर चौधरीको बुधबार विहान मृत्यु अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

शहिद लखन गाउँपालिका २ स्थित नयाँबारीमा चौधरीको शव फेला परेको गण्डकी प्रदेशका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

चौधरी नयाँबारीमा रहेको मनकामनजा रिट्रिट रिर्सोट एण्ड स्पा प्रा.लिमा काम गर्दै आएका थिए । तर मंगलबार बेलुकाबाट रिर्सोटमा काम सकेर फर्किए पछि उनी सम्पर्क विहिन भएका थिए ।

चौधरी सम्पर्कमा नआए पछि खोजतलास गर्ने क्रममा सोहि ठाउँमा बाटोबाट करिब २० मिटर तल लडि मृत अवस्थामा फेला परेको पौडेलले बताए ।

घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्