| शुक्रबार, साउन १५, २०७८

फेवातालमा डुंगा सञ्चालन, यात्रुलाई मास्क अनिवार्य, मजदूर खुशी

दरौँदी : पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ ।
दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएपछि डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर खुशी भएका छन् ।
निषेधाज्ञाका कारण घरमै बसेका उनीहरुमा पुनःव्यवसाय शुरु भएपछि उत्साह छाएको हो । फेवा डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले प्रशासनसँग समन्वय गरेर डुङ्गा व्यवसाय शुरु गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्