| शनिबार, अशोज २, २०७८

बूढीगण्डकीको सवालमा कांग्रेस गोरखाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

बूढीगण्डकी आयोजना छिटो निर्माण गर्न र त्यहाँबाट बिस्थापित प्रभावित जनतालाई पुनस्र्थापनाको उचित ब्यवस्था गर्न नेपाली काग्रेस गोरखाले माग गरेको छ । कांग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर डुबान क्षेत्रमा परेको घरगोठ, बोटबिरुवाको तत्काल मुआब्जा बितरण गर्नुपर्ने, मुआब्जा बितरण गर्दा ह«ासकट्टी गर्न नहुने, पुर्नबास तथा, पुनस्र्थापनाको ब्यवस्था तत्काल गर्नुपर्नेमा जोड दिइएको छ ।

कांग्रेस केन्द्रिय सदस्य कमला पन्त, शुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, कांग्रेसका गोरखाका सचिव एवं आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण बहादुर दाहाल, कांग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपाने सहितको टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

बूढीगण्डकी आयोजना भित्र बन्ने भनिएको रिङरोड निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने, आरुघाट बजारमा रहेका सरकारी कार्यालय र संघ संस्थाको बैकल्पिक ब्यवस्था गरिनुपर्ने, आरुघाट गाउँपालिका वडा नम्बर ९ मा १५३ कित्ता जग्गा सरकारले रोक्का गरेको तर कुनै किसिमको काम नभएको प्रति कांग्रेस गोरखाले प्रधानमन्त्रीको ध्ननाकर्षण गराएको सचिव न्यौपानेले बताए ।

जनताको जग्गा सरकारले अधिकरण गर्दा जनताले बाहाल कर तिर्नुपरेकाले फिर्ता गर्नुपर्ने, गुनासो लामो समय सम्म सुनुवाई नभएको, आयोजना भित्र फिल्डबुकमा जग्गा भएको तर पुर्जा नभएकालाई मुआब्जाको ब्यवस्था गर्नुपर्ने, ऐलानी र प्रती जग्गामा बसेकालाई पनि अन्यत्र बसोबासको ब्यवस्था हुनुपर्नेमा जोड दिइएको छ ।

भेटमा प्रधानमन्त्री शेरबहादुर देउबाले बूढीगण्डकी आयोजना निर्माण गर्नुपर्छ भन्ने विषयमा सरकार सकारात्मक रहेको बताए । साथै उनले अहिले देखिएको समस्या समाधान गरेर अघि बढ्न अर्थ र उर्जा मन्त्रालयलाई निर्देशन दिने बताए ।

कांग्रेस गोरखाको टोलीले आरुघाट, धार्चे हुँदै चुमनुब्री जाने बाटो अवरुद्ध भएकाले तत्काल बाटो नियमित सुचारु गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्