| शनिबार, अशोज २, २०७८

गोरखामा ४३५ सक्रिय संक्रमित, २३९ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा दुई सय ३९ जनाको पिसिआर रिपोर्ट प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गोरखामा सक्रिय संक्रमितको संख्या चार सय ३५ रहेको छ ।
गोरखामा सोमवार ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार शहीदलखन गाउँपालिकामा पाँच जना, सिरानचोक गाउँपालिकामा १० जना, आरुघाटमा तीन, गोरखा अस्पतालमा छ, पालुङटारमा आठ जना संक्रमित थपिएका हुन् ।

शहीदलखन गाउँपालिकामा सोमवार एक सय ३२ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्