| बुधबार, बैशाख ५, २०८१

गोरखामा कोरोनाका सक्रिय संक्रमित पाँच सय नजिक

केहि साता अघि कोरोनाको सक्रिय संक्रमित घटेर एक सय ५० हाराहारीमा रहेको गोरखामा दुई साता यता बढेर पाँच सय नजिक पुगेको छ । विहिवार विहान सम्म प्राप्त रिपोर्ट अनुसार गोरखामा चार सय ७४ जना सक्रिया संक्रमित उपचारत छन । चुमनुव्री गाउँपालिकामा संक्रमितछैनन । बारपाक सुलिकोटमा र धार्चेर्मा एक÷एक जना छन भने अन्य गाउँपालिकामा संक्रमित दर दिनहुँ बढेको छ ।
सवै भन्दा धेरै संक्रमित सहिदलखन गाउँपालिकामा एक सय १८ संक्रमित छन् । पालुङटार,आरुघाट, भिमसेन थापा र गोरखा नगरपालिकामा ५० भन्दा बढी सक्रिय संक्रमित अन्य पालिकामा ५० भन्दा कम छन् ।
चार हजार तीन सय ५० जनाले दोस्रो लहरको कोरोना जितेका छन् भने १४९जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्