| शनिबार, अशोज २, २०७८

मसला तथा किराना ब्यवशायी संघद्वारा मास्क बितरण

मसला तथा किराना ब्यवशायी संघ गोरखाले गोरखा सदरमुकाममा मास्क बितरण गरेका छन् । बिहिवार एक कार्यक्रमका बिच गोरखाको आयुर्वेदचोक देखि बसपार्क सम्म सर्वसाधारणलाई मास्क बितरण गरेका हुन् ।
कोभिड १९ बाट सुरक्षित रहन सन्देश दिने उद्देश्यले मास्क बितरण गरिएको संघका अध्यक्ष अरबिन्द गुप्ताले बताए । पाँच हजार मास्क बितरण गर्ने लक्ष्य रहेको भएपनि बिहिवार दुईहजार मात्रै बितरण गरिएको र बाँकी मास्क आगामी दिनमा यस्तै कार्यक्रम गरेर बितरण गर्ने उनले बताए । मास्क बितरण कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष भईचन्द्र श्रेष्ठ, ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकाल लगायतको उपस्थिती थियो । उनीहरुले मास्क नलगाई हिँडेका सर्वसाधारण, ब्यापारी ब्यवशायीलाई मास्क बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्