| शनिबार, अशोज २, २०७८

अल स्टार आँबुखैरेनीका खेलाडी सन्त बहादुर गुरुङ जावलाखेल युथ क्लबमा अनुबन्ध

अल स्टार फुटबल क्लब आँबुखैरेनी तनहुँका स्टाईगर खेलाडी सन्त बहादुर गुरुङ (कान्छा) जावलाखेल युथ क्लबमा अनुबन्ध भएका छन् ।
विभिन्न स्थानमा हुने प्रतियोगितामा अल स्टार क्लबबाट उत्कृष्ट खेल प्रर्दशन गर्दै आएका मेहेनती र जेहन्दार खेलाडी २३ बर्षिय गुरुङ राष्ट्रिय ए डिभिजन क्लब जावलाखेल युथमा अनुबन्ध भएको क्लबका उपाध्यक्ष सुशील पाण्डेले बताए ।
राष्ट्रिय ए डिभिजनको जावलाखेल युथ क्लबमा अनुबन्ध हुँदा आँबुखैरेनीको मात्र नभई समग्र तनहुँ जिल्लाकै लागि गौरवको कुरा भएको पाण्डेले बताए । १४ बर्षको उमेर देखि अल स्टार क्लबबाट खेल खेल्दै थुप्रै उपाधी जिताउदै आएका गुरुङले यस भन्दा पहिला बि डिभिजनको च्यासल युथ क्लबबाट फुटबल खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्