| बिहिबार, कार्तिक ४, २०७८

भारत सरकारद्धारा सहयोग प्राप्त, नेपाल आवास पुनर्निर्माण परियोजना, गोरखा परियोजनाका बारेमा संक्षिप्त जानकारी तथा पालिकाको धारणा

नेपाल आवास पुनर्निर्माण परियोजना गोरखा, भारत सरकारको आर्थिक सहयोगमा सन् २०१८ मार्च महिनाबाट युएनडीपीको समन्वयमा गोरखा जिल्लामा संचालनमा भएको परियोजना हो । २०७२ सालको विनाशकारी भूकम्प पछि भूकम्पको केन्द्रबिन्दुका रुपमा रहेको गोरखा जिल्लामा भूकम्प पछिको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले गोरखाको दुई नगरपालिका र ६ गाँउपालिकामा परियोजना संचालन भएको हा । गोरखा र पालुंङ्गटार नगरपालिका, धार्चे, आरुघाट, गण्डकी,शहिदलखन,सिरानचोक तथा अजिरकोट गाँउपालिकाका ४२ वडामा सुरक्षित आवास निर्माणका लागि परियोजना संचालन भएको हो । यस परियोजनामा स्थानीय साझेदार संस्थाका रुपमा पद्दति विकास केन्द्र र स्वांरा सघन गाँउ विकास केन्द्र गोरखा रहेका छन्। भूकम्प प्रभावित घरधनीलाई आवश्यकता अनुसारको सहजिकरण गर्ने लक्ष्य परियोजनाले लिएको छ । स्थानीय तह, जनप्रतिनिधि,राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्र्तगतका सरोकारवाला निकाय,संचारकर्मी लगायतसंगको समन्वयमा निजी आवास पुनर्निर्माण सहजिकरण अगाडी बढाइएको हो ।

BMC training

परियोजनाको प्रमुख उद्देश्य भनेको घरधनीलाई अपनत्व महसुस तथा पुनर्निर्माणका प्रकृयाहरुमा क्षमता अभिबृद्धि गराई भूकम्प प्रतिरोधी घर पुनर्निमर्ाणमा सामाजिक प्राविधिक सहजिकरण गर्नु हो । भूकम्प प्रभावित घरधनीलाई घरदैलोमा नै पुगेर घरमुलीको क्षमता अभिबृद्धि गर्ने, स्थानीय डकर्माीहरुको क्षमता अभिबृद्धि गरी दिगोरुपमा सामाजिक उत्थान गर्न समन्वय गरि अघि बढ्ने उद्देश्य अनुरुप नै परियोजनाले सामाजिक प्राविधिक सहजिकरण गरेको हो । परियोजनाले २६,९१२ घर सम्पन्न गर्ने जिम्मा पाएकोमा भूकम्प प्रतिरोधी आवास पुनर्निर्माण गरेको हो । । परियोजनालेः

  • सामाजिक सहजिकरणः तिनै किस्ता निकासाका लागि सहजिकरण टोल / वडा र पालिका स्तरमा भेला गरी पुनर्निर्माणका लागि समुदायको परिचालन गर्ने, संकटासन्न घरधनीलाई सहयोगार्थ स्थानीय जनशक्ति र सामग्री परिचालन गर्ने, गुनासोको समाधान र त्यसको सुनिश्चितता गने सहयोग गर्दछ ।
  • प्रशासनिक सहजिकरणः समयमै घर निरिक्षणका लागि प्राविधिकसंग समन्वय गर्ने, निरिक्षण सकिएका घरधनीको फाराम भर्न सहयोग तथा फाराम निश्चित स्थानमा पुगेको सुनिश्चितता गर्ने, जिल्लास्तरीय आयोजना कार्यन्वयन निकायमा थप जनशक्ति सहयोग मार्फत किस्ता निकाशा प्रक्रियालाई गति दिने, संकटासन्न घरधनीका लागी घुम्ति कोषको स्थापनार्थ गाँउपालिकासंग समन्वय गर्ने, बैंक, जग्गा आदि सम्बन्धी समस्या समाधानकालागि सहजिकरण गर्ने गर्दछ ।
  • प्राविधिक सहजिकरणः घर निर्माणको योजना बनाउन, बजेट निर्धारण गर्न र सामाग्री छनोटका लागि प्राविधिक सहयोग गर्ने, घरको निःशुल्क नक्सा बनाउन र नक्सा पास प्रक्रियामा सहजिकरण गर्ने, घरधनी र डकर्मीबीच समन्वय गराउने, घरधनीलाई आवास निर्माण साथी, सब ईन्जिनियर र ईन्जिनियर मार्फत स्थलगत सरसल्लाह, सुझाव प्रदान गर्ने, समयमै घर निरिक्षणका लागि प्राविधिकसंगको समन्वयमा परिचालन हने, घर निर्माणकोविभिन्न चरणमा स्थलमा गएर ईन्जिनियरले निरिक्षण तथा सहयोग गर्ने, घरधनी र डकर्मीलाई क्षमता अभिवृद्धिका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्ने आदि क्रियाकलाप मार्फत भूकम्प प्रभावित लाभग्राहीलाई आफ्नो घर पुनर्निर्माण गर्न सहजिकरण गर्नुका साथै समुदायलाई परिचालन गरी पुनर्निर्माण प्रक्रियालाई गति दिने अवधारणा अनुसार परियोजना कार्यान्वयन हुँदैछ ।
  • परियोजना अन्र्तगत भएका मुख्य क्रियाकलापहरुः
  • प्राविधिक सहजिकरण अन्र्तगत परियोजनाका प्राविधिकहरु,आवास निर्माणसाथिहरुले २६,९१२ घरधुरीलाई घर घरमा गई सामाजिक प्राविधिक सहजिकरण गरिएको छ ।
  • परियोजना मार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्र्तगत जिल्लामा कार्यरत प्राविधिकलाई समेत विभिन्न प्रशिक्षण दिनुका साथै परियोजनामा कार्यरत कर्मचारीलाई समेत विविध विधामा तालिम दिइएको छ े ।
  • परियोजनाको कार्यक्षेत्रमा ४६ वटा घरहरुमा प्रवलीकरण सम्वन्धि ५ दिने डकर्मी तालीम संचालन गरी ४०० भन्दा बढी स्थानीय डकर्माीहरुलाई दक्षता हासील गराएको छ ।
  • परियोजना क्षेत्रमा मापदण्ड विपरित बनेका घरहरुलाई प्राविधिक सहजिकरण गरि मापदण्ड पुरा गरेका र सुधार गरिएका घरहरुको किस्ता निकासामा सहजिकरण समेत गरेको छ ।
  • वैकल्पिक प्रविधि प्रवद्र्धन अन्र्तगत तारजालिको प्रविधिको ८८ वटा संंकटासन्न घरहरुको निर्माणसम्पन्न भएका छन् ।
  • विभिन्न वैकल्पिक प्रविधि ढुंगामाटो, इँटा सिमेन्ट, पिल्लरवाला घर, तारजाली,ए.सी.सी, एच.सी.बी, घर सुधार, घर विस्तार,प्रवलीकरण लगायत प्रविधिमा ६,८४२ डकर्मीलाई तालिम दिइएको हो ।
  • यस्त, आर्थिक हिसाबमा अतिनै विपन्न भूकम्प प्रभावित घरधनीका लागि छाना तहमा गएर तालिम समेत दिइएको छ ।
  • भूकम्प प्रभावित घरधनीलाई समेत भूकम्प प्रतिरोधी घरपुर्निर्माणका लागि अपनत्व महसुस गराउन घरदैलो सामाजिक प्राविधिक सहजिकरण, सूचनामूलक सामग्री, रेडियो, मोवाई टेक्नोलोजी क्लिनिक लगायतले समेत सहजिकरण गरिएको छ ।
  • रेडियो कार्यक्रमः स्थानीय सामुदायिक रेडियोसंगको समन्वयमा ँ सुरक्षित निजी आवाससंग सम्बन्धी १६४वटा रेडियो कार्यक्रम उत्पादन र प्रशारण गरिएको छ । साथै, मोबाईल भ्यान मार्फत परियोजनाका कार्यक्षेत्रमा समेत घरघर पुगि भूकम्प प्रतिरोधी आवासका लागि सहजिकरण गरेको छ । यस्तै, भूकम्प प्रतिरोधी आवासका लागि सूचनामूलक सामग्रीका रुपमा व्यानर, पोष्टर, किताब लगाएत प्राविधिक र घरधनी सम्म पुर्एको छे ।
  • निःशुल्क घुम्ति प्राविधिक सेवा ः ९ःयदष्भि त्भअजलययिनथ ऋष्लिष्अ०बाट नियमित रुपमा परियोजना स्थलमा तालिम प्राप्त इन्जिनियर बाट घरधुरी तथा समुदायस्तरमा परियोजनाको कार्यक्षेत्र रहेको सबै पालिकामा नियमित प्राविधिक सहजिकरण गरिएको छ ।
  • शहिदलखन, गण्डकी र आरुघाट गाँउपालिकामापालिकाअन्तर्गतघुम्ति कोषको स्थापना गरि भूकम्प प्रभावित अति विपन्न परिवारका लागि घुम्ति कोषको सेवा समेत प्रदान गरिएको छ । घुम्तिकोषको स्थापना गरी स्थानीय सरकारबाट जोखिमयुक्त घर परिवारलाई पाउने सेवाको अनुभुति गराउने, भुकम्पबाट क्षतिग्रस्त भएका जोखिम घरपरिवार जसले आफै घर बनाउन सक्दैन त्यस्ता परिवारलाई विनाधितो निरव्याजी रुपमारु १ लाख सम्म पछि फर्काउने गरी उपलब्ध गराउने रहेको थियो ।
  • यस्तै, स्थानीय तहका जनप्रतिनिधीलाई समेत अवलोकन भ्रमणका लागि भूकम्प बाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोक तथा विदेश भ्रमणका लागि भारतको भुज,गुजरात एवम् नयाँ दिल्ली भ्रमण गराइएको थियो ।
  • विश्व बैंकका प्रतिनिधि, युएनडीपिका उच्च प्रतिनिधि लगायतले समेत परियोजनाको निजी आवास पुनर्निर्माणमा भईरहेको सहजिकरणको स्थलगत अवलोकन गर्नुभएको थियो ।
  • नेपाल आवास पूनर्निर्माण परियोजना अन्तरगतको अर्को महत्वपुणर् पाटो बिल्डिंग परमिट स्टुडियो पनी हो । यसको मुख्य उद्देश्य भनेको लाभग्राहीहरूलाई न्शिुल्क नक्सा बनाईदिएर सुविधा प्रदान गर्नु हो । लाभग्राहीहरूलार्ई परामर्श दिने ताकि उनीहरूले सही निणर्य लिन सकुन् र उनीहरूको घर निर्माणमा सहज होस् भन्ने उद्देश्यले गोरखा र पालुङटार नगरपालिकामा भवन परमिट स्टुडियोको स्थापना गरीएको हो । स्टुडियोले भूकम्प प्रभावित घरधनीको सुरक्षित आवास निर्माणका लागि मापदण्ड अनुसार नक्सा पासमा लाभग्राहीलाई सहजिकरण गरेको हो ।
  • साथै , विश्वव्यापी महामारी कोरोना भाईरसले आक्रान्त पारेको समयमा समेत भर्चुवल माध्यम सामाजिक सञ्जालका विभिन्न माध्य प्रयोग गरि भूकम्प प्रभावित घरधनीलाई सामाजिकप्राविधिक सहजिकरण गरिएको थियो ।
mason hand holding on CR_Palungtar ward -7

परियोजनाका उद्देश्य अनुरुप २६,९१२ भूकम्प प्रभावित घरधनीलाई सुरक्षित उत्थानशील आवास निर्माणमा सामाजिक प्राविधिक सहजिकरण सम्पन्न गरेको छ । परियोजनाका हरेक कार्यक्षेत्रमा दक्ष डकर्मीका रुपमा आवास निर्माण साथी, इन्जिनियर, सब ईन्जिनियर, सामाजिक परिचालक, समूह संयोजक भूकम्प प्रतिरोधी आवास निर्माण गर्न सामाजिक प्राविधिक सहजिकरणमा हरदम उपस्थित रहेर भूकम्प प्रभावित घरधनीलाइ सहजिकरण गरेको हो ।

भूकम्प जस्ता प्रकोपबाट सुरक्षित निजी आवास पुनर्निर्माण गर्न स्थानीय तह, जनप्रतिनिधि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण,संचारकर्मी लगायत सरोकारवाला निकायको महत्वपुणर् भूमिका रहेको छ ।
परियोजना कार्यक्षेत्र रहेको गोरखा र पालुंगटार नगरपालिका, धार्चे, शहिदलखन, अजिरकोट, सिरानचोक, गण्डकी एवम् आरुघाट गाँउपालिकामा निजी आवास पुनर्निमर्ाण सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपुणर् रहेको छ । परियोजनाले निजी आवास पुनर्निमर्ाणका क्षेत्रमा गरेको सहजिकरण कस्तो रह्यो भनेर े स्थानीय जनप्रतिनिधिसंग सोधेका थियौं ।
गोरखा नगरपालिका मेयर राजन राज पन्तः भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले गोरखा नगरपालिकामा वडा नम्बर ३ देखि वडा नम्बर १४ सम्म गरिएका सहजिकरण सराहनिय छ । विशेष गरि नगरपालिका परिसरमै रहेको नक्सा पास शाखाले भूकम्प प्रभावित घरधनीको निशुल्क नक्सा पास गराउन सहजिकरण गरेर मापदण्ड अनुसारको आवास निर्माणमा मद्दत पुगेको छ । आवास पुनर्निर्माणमा छुट भएका लाभग्राहीलाई समेत घरदैलोमा गएर सल्लाह सुझाव दिने कार्यले सुरक्षित आवास पुनर्निर्माणमा टेवा मिलेको छ । परियोजनाले स्थानीयस्तरमा नै वैकल्पिक प्रविधि, स्थानीय डकर्मीको क्षमता अभिवृद्धि गर्ने जसता काम सराहनिय गरेको छ । परियोजनको निजी आवास पुनर्निर्माण क्षेत्रमा गरेको सामाजिक प्राविधिक सहजिकरणले भूकम्प प्रतिरोधी सुरक्षित आवास निर्माण भएको विश्वास छ । परियोजनाको निजी आवास पुर्निर्माणमा विविध सिकाईका लागि आभार व्यक्त गर्दछु ।
पालुंगटार नगरपालिका दिपक बाबु कँडेलः परियोजनाले निजी आवास पुनर्निर्माण क्षेत्रमा सराहनिय े कार्य भएको छ । विशेषगरि नगरपालिका परिसरमा रहेको नक्सा पास स्टुडियोले समेत निशुल्क नक्सा बनाउन सहिजकरण गरि भूकम्प प्रभावित घरधनीलाई सहज बनाएकोमा प्राविधिकहरु धन्यवादका पात्र हुन् । परियोजनाले दक्ष इन्जिनियर मार्फत भूकम्प प्रतिरोधी आवास निर्माणको प्रणाली विकास गर्न मद्दत पुर्‍याएको छ ।
आरुघाट गाँउपालिका पूणर् बहादुर दाहालः आरुघाट गाँउपालिकाको वडा नम्बर १ र वडा नम्बर २ मा परियोजनाले निजी आवास पुनर्निर्माणमा उल्लेखिनय काम गरेको छ । विशेषगरि स्थानीयलाई अभिप्रेरित गर्न प्रवलीकरण गरि नमुना घर निर्माण र तारजाली प्रविधिको घर निर्माण गर्नु मुख्य काम रहेको छ । सबैभन्दा महत्वपुणर् कार्य भूकम्प प्रभावित घरधनीलाई आवास पुनर्निमर्ाण गर्नका लागि सल्लाह सुझाव दिएर निजी आवास पुर्निर्माण सम्पन्न गराउन सहयोग गर्नुनै परियोजनाको मुख्य कार्यभार हो ।
अजिरकोट गाँउपालिका अध्यक्ष फणिन्द्र धितालः परियोजनाले वडा नम्बर १ र २ का सबै भूकम्प प्रभावित घरधनीको आवास पुनर्निर्माण गरि सम्पन्न गर्न सफल भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु । यस्तै, घर सम्पन्न गर्न भूकम्प लाभग्राहीलाई किस्ता निकासामा सहजिकरणका साथै प्राविधिक सल्लाह सुझाव दिई भूकम्प प्रतिरोधी आवास निर्माणमा जोड दिएको छ । यस्तै, अभिलेखिकरणका लागि घर सम्पन्नताको प्रमाणपत्र पनि दिएर परियोजनाले पालिकालाई सहयोग गरेको छ । यस्तै, परियोजनाकै माध्यमबाट बाहिर अवलोकन भ्रमण लग्नुले महत्वपुणर् सिकाई बनेको छ ।
धार्चे गाँउपालिका अध्यक्ष सन्तोष गुरुंगः धार्चे गाँउपालिकामा निजी आवास पुनर्निर्माणको क्षेत्रमा परियोजनाको समन्वयको पाटो राम्रो थियो । यस्तै सुरक्षित आवास पुनर्निमर्ाणका लागि वैकल्पिक प्रविधिहरु समेत पालिकामा कार्यान्वयनमा ल्याएर उदाहरणीय काम भएको छ । विशेषगरि परियोजनाका सामाजिक प्राविधिक सहजकर्ताका माध्यमबाट भूकम्प प्रभावित घरधनीलाई समयमै किस्ता निकास, उनीहरुको गुनासो सम्बन्धित निकाय समक्ष पुर्‍याएर समाधान समेत गरि दिएर गति प्रदान गरेको छ । परियोजना ढिला आएपनि निजी आवास पुनर्निमर्ाणको क्षेत्रमा उल्लेखनिय काम गरेकोमा खुसि लागेको छ ।
गण्डकी गाँउपालिका अध्यक्ष होम बहादुर राना मगरः परियोजनाको सहजिकरणमा निजी आवास पुनर्निर्माण सम्पन्न भएपश्चात सम्पन्नताको प्रतिवेदन वडा अनुसार अभिलेखिकरण गर्नु महत्वपुणर् कार्य भएको छ । विशेष गरि परियोजनाको पहलमा अति विपन्न भूकम्प प्रभावित लाभग्राहीलाई समेत विशेष सहिजकरणले निजी आवास पुनर्निर्माण सम्पन्न गर्न सहजता भएको छ ।
शहिदलखन गाँउपालिका अध्यक्ष रमेश बाबु थापा मगरः निजी आवास पुनर्निमर्ाणमा परियोजनाको प्राविधिक सहयोग ज्यादै महत्वपुणर् रहेको छ । परियोजनाले आवास निर्माणका लागि दक्ष डकर्मीका रुपमा खटाएका आवास निर्माण साथी, प्राविधिकहरु टोल वस्तिमा पुगेर मापदण्ड अनुसार घर पुनर्निर्माण गर्न सहयोग गरेर छिटो छरितो रुपमा सहयोग पुगेको छ । यस्तै, अति विपन्न भूकम्प प्रभावितलाई छनोट गरेर आवास निर्माणका लागि आवश्यक निर्माण सामग्री समेत सहयोग गरि छाना तह सम्म निर्माण गर्नु उल्लेखनिय रहेको छ । यस्तै, तारजाली, प्रवलीकरण गरि नमुना घर निर्माण गरि समुदायमा अरुलाई पनि निर्माण गर्ने प्रेरणा मिलेको छ । साथै स्थानीय स्तरमा समेत तालिम दिएर क्षमता अभिवृद्धि गरेको छ, समग्रमा परियोजनाले निजी आवास पुनर्निमर्ाणमा उल्लेखनिय कार्य गरेको छ ।

Ans showing practically to Mason for correcting mistakes in brick wall in NHRP

गोरखा नगरपालिकाका उपमेयर विना कुमारी श्रेष्ठः परियोजनाको सहजिकरणले नगरपालिका क्षेत्रमा निजी आवास पुनर्निर्माणमा धेरै नै सहजिकरण भएको छ । परियोजनाको कार्यक्षेत्र रहेका वडाहरुमा प्राविधिकहरु प्रत्येक घरदैलोमा खटिएर लाभग्राहीलाई सुरक्षित आवास निर्माण गर्न प्रेरित गरेको छ । भूकम्पले आशिक क्षति पुगेका घरमा प्रवलीकरण गरि त्यसलाई संरक्षण गर्नुपर्ने सन्देश समेत दिएको छ । यस्तै प्रत्येक वडामा प्राविधिक खटिएका कारणले त्यहाँको निजी आवासको वस्तुस्थितीका बारेमा समेत जानकारी भयो । साथै, सुरक्षित आवास निर्माण गर्न डकर्मीलाई क्षमता अभिमूखिकरण तालिम दिँदा समान रुपमा महिलालाई समेत सहभागि गराई जीविकोपार्जनको बाटो देखाउने कार्य प्रंशसनिय छ ।
पालुङ्गटार नगरपालिका उपमेयर पम्फा बसेलः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसंगै परियोजनाले समेत निजी आवास पुनर्निर्माणमा गरिएको सहजिकरणले पुनर्निर्माणमा धेरै सहज भएको छ । परियोजनामा खटिएका कर्मचारीले समेत निजी आवास पुनर्निमर्ाणमा समन्वय गर्नुभयो । भूकम्प प्रभावित लाभग्राहीका घर पुनर्निर्माणमा संख्या मात्र नभएर गुणात्मक रुपमा समेत आवास निर्माणमा सहजिकरण गर्नाले पालिकालाई धेरैनै मद्दत भयो । पालुङ्गटार नगरपालिकामा खटिएका परियोजनाका सामाजिक प्राविधिक सहजकर्ता मार्फत घरदैलौमै पुगेर भूकम्प प्रभावित लाभग्राहीलाई अपनत्वको महसुस गराउन समेत मद्दत गर्नु उल्लेखनिय कार्य भएको छ । घरेलु काममा सिमित भईरहनु भएका महिलालाई समेत सुरक्षित आवासका लागि डकर्मी तालिम दिएर आत्मनिर्भर बन्ने आधार बनाईदिएकोमा परियोजनालाई धेरै धन्यवाद ।
आरुघाट गाँउपालिका उपाध्यक्ष कल्पना नेपालीः
भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले वडा नम्बर १ र वडा नम्बर २ मा निजी आवास पुनर्निर्माण सम्पन्न गर्न प्राविधिक खटाएर निरन्तरको सहजिकरण गरेको छ । परियोजनाका कर्मचारी मार्फत घरदैलो कार्यक्रम गरेर निजी आवास पुनर्निर्माणमा पालिकालाई सहयोग गरेको छ । पालिका मात्र नभएर परियोजनाले सहजिकरण गरेको वडाहरुमा लाभग्राही समेत खुसि छन् । यस्तै पुनर्निर्माण सम्पन्न भएका वडामा सम्पन्नताको प्रतिवेदन समेत बुझाएकोमा परियोजना प्रति पालिका आभारी छ । आगामी दिनमा समेत युएनडिपी मार्फत जीविकोपार्जन कार्यक्रम ल्याएर महिला, दलित र जनजातिलाई समेट्ने गरि कार्यक्रम आए यहाँका जनता थप लाभान्वित हुने थिए ।
सिरानचोक गाँउपालिका उपाध्यक्षरिता देवकोटाः
परियोजनाले भूकम्प प्रभावित घरधनीलाई निजी आवास निर्माणमा सहजिकरण गरि उल्लेखिनय कार्य गरेको छ । परियोजनाबाट विविध सिकाई भएको छ । विभिन्न समयमा लगिएका अवलोकन भ्रमणले समेत भूकम्प पश्चातको अवस्थाबारे जाने अवसर मिलेको छ । यस्तै, प्रवलीकरण जस्तो प्रविधिबाट प्रत्येक वडामा पुरानो मौलिक घरको संरक्षणको कार्य समेत महत्वपुणर् रहेको छ । परियोजनाको अवधिमा निजी आवास पुनर्निर्माणमा उल्लेखनिय कार्य भएको छ । यस्तै विपिन्न भूकम्प प्रभावित घरधनी जसले लामो समय सम्म छाना छाउन नसकेका घरमा गएर प्राविधिक माफृत स्थानीय डकर्मीलाई तालिम दिने कार्य समेत गरेको छ । निजी आवास पुनर्निर्माणका लागि सिरानचोक गाँउपालिकामा परियोजनाको सहजिकरण सराहनिय छ ।
धार्चे गाँउपालिका उपाध्यक्ष फुलकुमारी गुरुङ्गः भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना कार्यक्रम धार्चेको निजी आवास निर्माणका लागि धेरैनै प्रभावकारी भएको छ ।परियोजना आउनु अगावै भूकम्प प्रभावित लाभग्राहीमाअन्यौल भएको अवस्थामा परियोजनाको सहजिकरणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मापद्दण्ड अनुसार मागनिर्देष गरेर सहज वातावरण बनाईदिएकोमा आभार व्यक्त गर्दछु । यस्तै दक्ष डकर्मीका रुपमा रहेका आवास निर्माण साथी टोल टोलमा गएर पुनर्निर्माणका लागि झक्झकाएर पुनर्निर्माणमा पालिकालाई सहजिकरण गरिएको छ । यस्तै स्थानीय स्तरमा रहेका महिलालाई समेत पुरुष सरह समान रुपमा क्षमता अभिवृद्धि तालिममा सहभागि गराउनु महत्वपुणर् कार्य रहेको छ । यस्तै, घर पुनर्निर्माण सम्पन्न भएको अवस्थामा परियोजनाको समन्वयमा जीविकोपार्जन सम्बन्धि आत्मनिर्भर हुने कार्यक्रम आउनेमा आशावादी छु ।
शहिदलखन उपाध्यक्ष इन्दिरा तिवारीः भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले निजी आवासका क्षेत्रमा शहिदलखन गाँउपालिकामा पुर्याएको सहजिकरण उल्लेखनिय रहेको छ । परियोजना मार्फत प्रत्येक घर घरमा गएर त्यहाँको समस्या बुझेर निजी आवास पुर्निर्माण गर्न सहयोग गरि सम्पन्न समेत गरिदिनु भएकोमा धन्यवाद दिन चाहान्छु । यस्तै, आर्थिक अवस्था कमजोर भएका र लामो समय देखि अभावमा घर नबनाएका भूकम्प प्रभावित घरधनीलाई समेत सहजिकरण गरि घर पुनर्निर्माण गर्न सहयोग स्वरुप निर्माण सामग्री दिएर घर सम्पन्न गराई दिनुभएकोमा परयोजना प्रति आभार व्यक्त गर्न चाहान्छु । परियोजना मार्फत नै निजी आवास पुनर्निर्माण कार्य प्रभावकारी रुपमा अगाडी बढी सहजिकरण गरिएकोमा खुसि लागेको छ । सामाजिक एवम् प्राविधिक सहजकर्ताको सहयोगले सुरक्षित निजी आवास पुनर्निर्माण भएको विश्वास लिएको छु । समग्रमा परियोजनाको समन्वय पालिकासंग महत्वपुणर् र आवास निर्माणमा सहज भएको छ ।
अजिरकोट गाँउपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङ्गः परियोजना भूकम्प पश्चात ढिलाई भएपनि निजी आवास पुनर्निर्माण कार्यमा महत्वपुणर् कार्य गरेको छ । परियोजनाका मार्फत भूकम्प पश्चातको पुनर्निर्माणको अवस्था हेर्न अवलोकन भ्रमणले समेत निकै मद्दत मिलेको छ । परियोजनाले स्थानीयस्तरमा सुरक्षित आवास निर्माणका लागि ल्याएको तालिमले निजी आवास पुनर्निर्माणमा सहज बनाएको छ ।
गण्डकी गाँउपालिका उपाध्यक्ष ललिता अधिकारीः समग्र निजी आवास पुनर्निर्माणका क्षेत्रमा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले महत्वपुणर् कार्य गरेको छ । विपन्न भूकम्प प्रभावित घरधनीका घर पुनर्निर्माणमा समेत सहजिकरण गरेको छ । स्थानीय स्तरका डकर्मीको क्षमता अभिवृद्धि, भूकम्प प्रतिरोधी विभिन्न प्रविधिका नमुनायुक्त आवास निर्माण कार्य सराहनिय रहेको छ । समग्र निजी आवास पुनर्निमर्ाणमा सहजिकरण गरेकोमा पालिका तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।